दज्र्यानी चिह्न प्रदान

दज्र्यानी चिह्न प्रदान


प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनको नीति र उद्देश्यप्रति गम्भीर भएर जिम्मेवारी पुरा गर्न निर्देशन दिएका छन् ।

प्रहरी नायब महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका पदाधिकारीलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिह्न प्रदान गर्दै उनले पदोन्नतीसँगै पदीय जिम्मेवारी थपिएकाले सोहीअनुरुप उत्कृष्ट काम गर्न निर्देशन दिएका हुन् ।

उनले कार्यरत स्थानमा कर्मचारीको मनोवल बढाउँदै संगठनको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । राससका अनुसार महानिरीक्षक खनालले कानुनी रुपमा विभेद नगरी समान न्याय गर्नुपर्ने, अपराधजन्य क्रियाकलाप र तिनमा संलग्न व्यक्तिप्रति कठोर भई निर्भिकताका साथ काम गर्नुपर्ने बताए ।

सो कार्यक्रममा महानिरीक्षक खनालले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नती हुने १६ र प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा हुने २१ प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरे ।