सहकारी ठगी मामलामा रास्वपा सभापति रवि लामिछाने पक्राउ

सहकारी ठगी मामलामा रास्वपा सभापति रवि लामिछाने पक्राउ


रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै आज (२ कात्तिक) प्रहरीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई नियन्त्रणमा लिएको हो ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा लामिछानेविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली रास्वपा पार्टी केन्द्रीय कार्यालय पुगेको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम लगी अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने प्रतिक्रिया दिएका रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।