विद्युत हुकिङ गर्ने १४ जना प्रहरीको फन्दामा

विद्युत हुकिङ गर्ने १४ जना प्रहरीको फन्दामा


नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ ।

वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुगमन टोलीले जिल्लाका तिरुहत र कृष्णसवरण गाउँपालिकामा विद्युतको खम्बामा अङ्कुशे लगाई बिजुली बाल्नेलाई पक्राउ गरिएको प्राधिकरण प्रमुख चन्द्रनारायण साहले बताए ।

तिनका साथबाट ब्याट्री र एलएडी टिभी एक थान तथा पानी तान्ने मोटर तीन थान बरामद गरिएको छ । राससका अनुसार दोषीलाई विद्युत् ऐनअनुसार रु पाँच हजार जरिवाना तिराइएको प्राधिकरण राजविराजले जनाएको छ ।