सगरमाथाको चुचुरोमा पूर्णिमा श्रेष्ठ, सगरमाथा आरोहण गर्ने पहिलो नेपाली फोटोपत्रकार

सगरमाथाको चुचुरोमा पूर्णिमा श्रेष्ठ, सगरमाथा आरोहण गर्ने पहिलो नेपाली फोटोपत्रकार


फोटो पत्रकार पुर्णिमा श्रेष्ठले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । फोटो पत्रकार क्लबकी सदस्य श्रेष्ठले शनिबार बिहान ८ बजेर १० जाँदा विश्वको सर्वोच्च शिखर चुमेकी हुन् । यो आरोहणसंगै सर्वोच्च शिखरमा पाइला टेक्ने श्रेष्ठ पहिलो नेपाली फोटो पत्रकार बनेकी छिन् ।

सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बन्न सफल फोटो पत्रकार पुर्णिमा प्रति फोटो पत्रकार क्लबले गर्व व्यक्त गरेको छ । नेपाली फोटोपत्रकारिता जगत तथा फोटोपत्रकारको लागि यो क्षण गौरवपूर्ण भएको क्लबले जनाएको छ ।

गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी २६ वर्षीय श्रेष्ठले यस अघि २६ सेप्टेम्बर २०१७ मा ८१६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी छन् ।
आरोहण गर्ने क्रममा फोटो पत्रकार श्रेष्ठले पहिलो पटक सर्बोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनी समेत गरेकी छिन् ।

नेपालको संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ नेपाल पर्यटन बोर्डको फोटो नेपाल अभियान अन्तर्गत रहेर फोटो पत्रकार क्लबको प्राविधिक सहयोगमा श्रेष्ठले उक्त फोटो प्रदर्शनी गरेको फोटो पत्रकार क्लबले जनाएको छ । श्रेष्ठ पांच वर्ष देखि फोटोपत्रकरितामा सक्रिय छिन् ।