पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सन्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सन्चालनमा


आइतबार बिहान साढे ५ बजे सडकमा आएको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सन्चालनमा आएको छ । पहिरो इच्छाकामना गाउँपालिका–६, कालीखोलामा खसेको हो ।

चितवन प्रहरीका अनुसार २ घण्टासम्म रोकिएका सवारीहरु पहिरो पन्छाएपछि संचालनमा आएका छन् । अहिले सडक दुईतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ ।