एमाले र माओवादीबीचको एकतामा महासंघको स्वागत

एमाले र माओवादीबीचको एकतामा महासंघको स्वागत


नेपाल राष्ट्रिय व्यवसायी महासंघले तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबीच भएको एकताको स्वागत गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले सोमबार एक विज्ञप्ती जारी गर्दै दुई ठूला कम्युनिष्ट शक्तिको एकताले मुलुकको विकासमा ठूलो सहयोग पुग्ने बताएको छ । ‘दुई पार्टीको एकताले कम्युनिष्ट आन्दोलनको मूल प्रवाहलाई समेट्दै सुखी र समृद्ध नेपाल निर्माण गर्ने विश्वास महासंघले लिएको छ,’– विज्ञप्तीमा भनिएको छ ।

साना तथा मझौला उद्योगीहरुको छाता संगठनका रुपमा रहेको महासंघले अहिलेसम्मका कुनैपनि सरकारले साना तथा मझौला व्यवसायीको मुद्दालाई सम्बोधन गर्न नसकेको अवस्थामा एकता भएको नेपाल कम्युनिष्ट पार्टीले सम्बोधन गर्ने विश्वास समेत लिएको छ ।

विज्ञप्तीमा नेपालको व्यापार व्यवसाय क्षेत्रमा देखिएको समस्या समाधानका लागि यो सरकारले सकारात्मक पहलकदमी लिन आग्रह समेत गरिएको छ ।