सल्यानमा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

सल्यानमा एम्बुलेन्स दुर्घटना, एकको मृत्यु


सल्यानमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

बागचौर नगरपालिका–२ चिलढाले आग्रीखोलामा गएराति १ बजे भएको दुर्घटनामा परि सुत्केरी गराउने महिलाकी आमा ४४ बर्षीया जानकी बुढाथोकी र अन्य ४ जना घाईते भएको प्रहरीले जनाएको छ ।

सुत्केरी गराउने महिलालाई चिलढालेबाट थारमारेतर्फ ल्याउने क्रममा रा १ झ १३६ नम्बरको एम्बुलेन्स आग्रीखोला दुर्घटनामा परेको हो । घाईते हुनेमा सुत्केरी महिला १९ बर्षीया कल्पना चलाउने, ४६ बर्षीया केवल बुढाथोकी, ३५ बर्षीया डम्बरी बुढाथोकी र ४० बर्षीया राम बहादुर बुढाथोकी रहेका छन् ।