माउरी पाल्ने माउरी पालौँ गाई पाल्नेले गाई
परदेश होइन नेपाली हो बनाऊँ आफ्नै देशलाई
जन्मभूमि नेपाल आमा बिर्सी जान्छौ कहाँ ?
सोची सम्झी नयन खोले के छैन र यहाँ
पहिले आफ्नै देश बनाऊँ जोस जाँगर जगाई
परदेश होइन नेपाली हो बनाऊँ आफ्नै देशलाई
परदेशमा रित्याएर जवानीको जुहार
कहिल्यै सुखी हुने छैनौं हाँस्ने छैन मुहार
रगत होइन पसिना दिऊँ जन्मभूमिलाई
धरती आकाश जगमगाउँछ जीवनज्योति जगाई
परदेश होइन नेपाली हो…
वर्ष होइन महिना होइन, युगौँयुग बित्यो
देशघाती कुलाङ्घारले पारे देशै रित्तो
सज्जन विद्वान् इमानदार हो जगाउँm जीवन देशलाई
परदेश होइन नेपालीले बनाउँm
– वशिष्ठधाम, निर्झर दिलचेत सिन्धुबस्ती
अमिलो समय– भक्तराज न्यौपाने
घर–घर नै खाली छ गाउँमा
प्रत्येक घरमा
एकोहोरो कराइरहेछ सुनसान
माध्याह्न पट्यारलाग्दो चकमन्नता
आँटीमा बसेको छ टुक्रुक्क ।
नियास्रो मजेत्रोसँगै
चिम्सा आँखामा बूढीआमाहरू
हेरिरहेछन् युगको तमासा
हातको हातै बोलेको छ साहिलो छोरो
उत्ति टाढाको दूरदेशमा भएको आवाज
हातेफोनमा सुनिएको छ भर्खरै ।
सोधेकी छे खसमले सन्चो–बिसन्चो
टाइममा खानु, टाइममा आराम गर्नु
आफ्नो प्रियसमक्ष
निवेदन गरिसकेर निस्केकी छे पानी भर्न
र सँगसँगै हुरी–बतासझैं
बेजोडसँग आइदिएको छ सम्झना
मुटु दुखेर हिक्कहिक्कको भक्कानो फुटेको छ
केटाकेटीहरू टाढा–टाढा झगडा गरिरहेछन्
मतानमा बूढो शरीर
खुइयाको लामो निस्वाससँगै
एकनिमेष जीवनको गुणन निकालिरहेछ
र, भर्खरै लागेको कालो बादल
बेजोड आँधीको सन्देश बोकेर कुदिरहेछ आकाशमा
जीवनको यो अध्यायमा पनि
घाम–पानीको आँधीको संवेग कुदिरहेछ यताउता
– काभे्र
प्रतिक्रिया