—विनिता पौडेल
यस पुस्तकका लागि अनुसन्धान थाल्न हलिउडभन्दा राम्रो अर्को ठाउँ हुन सक्दैन, जहाँ २०औँ शताब्दीमा गृहस्थी गर्न, चलचित्र उद्योगबाट करोडौँ डलर कमाउन र क्यालिफोर्नियाको यस क्षेत्रलाई कुख्यात तथा आकर्षक यौनक्रीडास्थल बनाउन थुप्रै प्रख्यात कलाकार भेला भए ।
यस रंगीन सहरको सबैभन्दा प्रख्यात यौन–प्रतीकचाहिँ कामोत्तेजक गोरी मर्लिन मुनरो थिइन् । २०औँ शताब्दीको मिडियाले सन् १९५० र ६० का उनका गोप्य लसपसहरूलाई पनि खिचेर सार्वजनिक गरिदिए । उनका प्रेमीहरूमा राष्ट्रपति जोन एफ केनेडी र उनका भाइ बबी तथा वैज्ञानिक अल्बर्ट आइन्स्टाइन पनि थिए ।
मर्लिन मुनरोले पहिलो विवाह सोह्र वर्षमा गरेकी थिइन्, तर उनका सपनाहरू त्यसअघि नै यौन तृष्णाले भरिएका थिए । उनीद्वारा अभिनीत एउटा चलचित्रको पटकपटक देखाइने दृश्यमा उनले एउटा सुन्दर चर्चभित्र रात्रि क्लबमा आफ्ना कपडा खोलेर ग्राहकलाई मनोरञ्जन दिने केटीको भूमिका निर्वाह गरेकी छिन् । चर्चभित्र कपडा खोलिरहँदा त्यस चर्चका पुजारी, चर्चका वाद्यवादन र पूरै प्रार्थना–सभाले उनलाई हेरिरहन्छन् । यस्तो तीव्र यौनाकाङ्क्षाले उनको पेसागत जीवनलाई शायदै सहयोग गरेको हुनुपर्छ । उनको प्रथम स्क्रिन परीक्षण पछि ‘ट्वान्टिथ् सेन्चुरी फक्स’ स्टुडियोको प्रतिक्रिया थियो, ‘यी आइमाईको यौन आकर्षण असाधारण छ ।’ मर्लिन मुनरो आफैँले पनि स्वीकारेर भनेकी थिइन्, ‘म निरन्तर यौनबारे सोच्छु ।’ उनले आफ्नो प्रेमजीवनलाई स्वच्छन्द सम्भोगी भएको बताएकी थिइन् ।
मर्लिन मुनरोले पछि हलिउडलाई घृणा गरिन्, त्यस ठाउँलाई ‘भीडभाडयुक्त वेश्यालय’को उपमा दिएर । तर, उनी सफलताको सिँढीमा उक्लनचाहिँ त्यही बाटो अपनाएकी थिइन् । उनका पहिलो संंरक्षक निर्माता जो सेन्क थिए, उनीभन्दा पचास वर्ष जेठा तर उनको उनीप्रतिको सम्झना यस्तो छ, ‘उनलाई घुँडा टेकाएर यौनक्रीडा गर्नु ज्यादै आनन्ददायी हुन्थ्यो, किनकि यसरी यौनक्रीडा गर्दा म उनका साह्रै मनोरञ्जक स्तनहरू खेलाउन सक्थेँ ।’
तर, उनलाई पहिलोपटक प्रख्यात बनाउने व्यक्तिचाहिँ जोनी हाइड हुन् । उनले खेलेका सबैभन्दा राम्रो भूमिका हाइडसँगका यौनक्रीडामा स्खलित हुँदाका क्षणहरू नै हुन् । मर्लिन मुनरोले आफूले पट्याउने मान्छेका नामहरूको एउटा सूची नै तयार गरेकी थिइन् । उनले दुईवटा आइन्स्टाइन छन् भन्ने ठानिन् कि ठानिनन् हामीलाई थाहा हुन सकेन । सापेक्षतावादको सिद्धान्तका प्रवर्तक अल्बर्ट आइन्स्टाइन उनी यौनक्रीडा गर्न सक्ने उमेरमा पुग्दा साठी कटिसकेका थिए । शेली भन्ने व्यक्तिले मर्लिन मुनरोसँग अल्बर्ट आइन्स्टाइनले हस्ताक्षर गरेको फोटो फेलापारेका थिए । लेखक नर्मन मेलरले उनलाई सुताउँदा आनन्द आउने र यौनक्रीडाका बखत उनी निष्क्रिय रहने बताएका छन् । मर्लिन मुनरोले एकपटक मार्लन ब्रान्डोसँग भनेकी थिइन्, ‘मलाई थाहा छैन, म ठीक तरिकाले यौनक्रीडा गर्छु कि गर्दिनँ भनेर ।’ मर्लिनको जीवनसम्बन्धी लेखिएको एउटा किताबमा फ्राङ्क सिनाट्रालाई उनको प्रेमी भएको उल्लेख गरिएको छ । सिनाट्रा गीत गाउने गर्थे, उनीचाहिँ नाङ्गै भएर ऐना अगाडि बस्थिन् ।
केही वर्षपछि बनेको दुईवटा चलचित्रहरूले मर्लिनलाई यौनकी देवीको भूमिकामा स्थापित गरायो । सन् १९५३ मा उनले साँच्चैको भुसतिघ्रेसँग विवाह गरिन्, ती व्यक्ति थिए, बेसबल खेलाडी जो डी म्यागियो । उनले म्यागियोलाई बलिष्ठ, चुपचाप यौनक्रीडामा भाग लिने र धेरै यौनशक्ति भएको उल्लेख गरेकी छिन् । म्यागियोसँग सम्बन्धविच्छेद भइसकेपछि पनि उनले म्यागियोको आकारको मूर्ति राखेकी थिइन्, जसका अगाडि उभिएर उनी नाङ्गै हुन्थिन् र खित्खिताउँथिन् । त्यसपछि उनले आफूभन्दा पूर्ण विपरीत व्यक्ति, बौद्धिक नाटककार आर्थर मिलरसँग विवाह गरिन्, यस अवधिमा उनका दुईवटा गर्भहरू तुहिए ।
त्यतिखेर उनीबारे अरू हल्लाहरू पनि चले, तर हामीलाई थाहा भएको कुरा के हो भने मर्लिनको राष्ट्रपति केनडीसँग अफेयर सन् १९६१ देखि चलेको थियो । फ्राङ्क सिनाट्राले मर्लिनलाई आफ्ना साथी पिटर लफोर्डसँग परिचय गराइदिएका थिए । पिटर राष्ट्रपतिका साला थिए, उनैले मर्लिनलाई ह्वाइटहाउस छिराएका थिए । ‘मलाई प्रथम महिला भएको कल्पना गर्नुस्,’ उनी उट्पटयाङ गर्दै भन्थिन् र आफूलाई कसैले त्यहाँ नपाउने गरी राष्ट्रपतिको जेट विमानभित्र पु¥याएको दाबी गर्थिन् । जेटभित्रै राष्ट्रपति र उनका बीच सम्भोग भएको थियो ।
राष्ट्रपति केनेडी र यौनकी देवी मुनरो गोप्य रूपमा लफोर्डको सान्ता मोनिकामा रहेको घरमा सुत्थे, साथै बेभर्ली हिल्स होटलको कोठामा पनि । एकचोटि उनीहरू च्यारिटीका लागि गरिएको एक कार्यक्रममा सँगसँगै दर्शक बनेर बस्दा राष्ट्रपतिले उनको लुगामुनि हात घुसारेका थिए र उनले पेन्टी नलगाउने गरेको थाहा पाएका थिए । उनले राष्ट्रपतिको पैंतालीसौँ जन्मदिनमा भाग लिएकी थिइन्, तर ज्याक केनेडी उनीसँगको सम्बन्धबाट थाकेपछि उनलाई आफ्ना भाइ (महान्यायाधिवक्ता) बबीसँग सल्काइदिए । बबीसँगको पहिलो सम्भोग क्यालिफोर्नियाको समुद्र किनारमा कारको पछिल्लो सिटमा नै भएको थियो ।
मार्लन ब्रान्डो पनि मर्लिनको असल साथी र प्रेमी बनेका थिए तर आजसम्म उनी यस सम्बन्धबारे खुलेका छैनन् । पैंतीस वर्ष पुगेपछि मर्लिन आफ्नो प्रतिष्ठाप्रति अलि चिन्तित बनिन् र फ्रान्सेली प्रख्यात सिनेकर्मी एभ्स मोन्टान्डसँग धेरै चर्चामा आउने गरी प्रेम सम्बन्ध स्थापना गरिन् । तर, उनले आफ्नी श्रीमती छोड्न अस्वीकार गरे ।
प्रतिक्रिया