केटाहरूको मन नै पापी †

केटाहरूको मन नै पापी †


funtimeप्रस्तुत तस्बिरको फोटोसेसन भइराख्दा प्रेयसी भण्डारी निकै उत्साहित हुँदै पोजहरू दिइरहेकी थिइन् । यसै क्रममा यो पङ्क्तिकारले प्रेयसीलाई सोध्यो, ‘फोटोसेसनप्रति किन यस्तो मोह ?’ जवाफमा उनले भनिन्, ‘यो बाध्यता हो । हामीले काम पाउने र हाम्रो मूल्याङ्कन हुने नै आजकल फोटोसेसनबाटै हो । यो महत्वपूर्ण माध्यम हो हाम्रा लागि ।’
० प्रेयसी भनेर नाम सम्बोधन गर्दा त अरूलाई अप्ठ्यारो पर्ला जस्तो छ नि ?
– धेरैलाई परेको छ । फोनबाट प्रेयसी के छ खबर भनेर कसैले फोन गर्दा त्यो सुन्ने मान्छेचाहिँ अचम्म मान्दारहेछन् ।
० यस्तो युनिक नामले फाइदा पु¥याएको छ कि घाटा ?
– नामले नाफा वा घाटामा प्रभाव पर्दैन । आफ्नो काममा भर पर्ने कुरा हो । जति काममा छ नाममा के छ र ?
० भनेपछि अब सिनेमा खेल्ने ठूलो इच्छा छ ?
– त्यही भएर त लागिपरेकी छु नि । यसबीचमा ‘स्टार’ नामक सिनेमा पनि खेलँे । नयाँ अनुभव भयो । म्युजिक भिडियोहरू धेरै खेलँे ।
० म्युजिक भिडियोको भरमा काठमाडौंमा टिक्न सकिन्छ ?
– अहिलेसम्म टिकेकी छु । टिक्न पनि कुन तरिकाले टिक्ने हो भन्नेमा भर पर्छ । म घाँटी हेरेर व्यवहार चलाउने मान्छे परँे ।
० आँखा लगाउनेहरू कत्तिका छन् नि ?
– त्यसको त हिसाब नै नगर्नुस् । पहिलोपटक भेटेको पुरुष एक घन्टापछि फोन गरेर फेरि भेटौँ भन्छ । केटाहरूको मन र सोच नै पापी हुन्छ कि कसो हो † ।
० आँखा लगाउनेहरूमध्येबाट एकजना राम्रो केटासँग घरजम गरे भैगो नि ?
– अहिले घरजमतिर नलागौँ कि ? एउटा पहुँचमा पुगेपछि आँखा लगाउनेहरूको सङ्ख्या पनि बढ्छ नि, त्यसैले पहिले काम ।
० धरानका युवतीहरू त बडा चलाख हुन्छन् भनिन्छ नि ?
– चलाख हुन्छन् तर धूर्त होइन । अहिले चलाख भइएन भने त डुबाइहाल्छन् नि ।
० फोटोसेसनमा त निकै कामुक पोज दिन आउँदोरहेछ, वास्तविक जीवनमा पनि प्रेयसी यस्तै कामुक हो कि क्या हो ?
– त्यो त कसरी भन्ने ? कामुकताको कुरा त परिस्थिति र वातावरणमा भर पर्छ नि ।
० सेक्सबारे प्रश्न सोधौँ ?
– नसोध्नुस्, ‘कमन’ भइसक्यो त्यस्तो प्रश्न । जो पनि त्यस्तै प्रश्न सोध्छन्, जवाफ एउटै हो ।