जिया केसी यस्ती कलाकार हुन् जो कामले होइन बद्नामीका कारण बढी चर्चामा छिन् । कहिले निर्देशकसँगको सङ्गत त कहिले नायक भुवन केसीसँगको अन्तरङ्गी सम्बन्धका कारण चर्चामा आइरहने जिया अझै बद्नामचाहिँ चलचित्र एटीएमबाट भएकी हुन् । यस चलचित्रमा उनले बोलेको संवाद र दिएको दृश्यले यति धेरै आलोचना खेप्नुप¥यो कि सार्वजनिक समारोहमा जियाले बहिष्कार हुनुपर्ने अवस्थासम्म पनि आइप¥यो ।
कलाकारिता यात्रामा यसरी बद्नामीको पराकाष्टासम्म पुग्दा पनि जियाको चेत भने फिरेन । हिँड्दै छ पाइला मेट्दै छ भनेजस्तै व्यवहार देखाउँदै आएकी जियाले अभिनय गरेको पछिल्लो चलचित्र ‘बर्बाद’ पनि नराम्रोसँग सेन्सरमा परेको छ । यो चलचित्रमा पनि जियाकै केही दृश्य र संवादमाथि सेन्सरबोर्डले कैँची लगाएको हो । जियाकै कारण सेन्सरमा फेल भएपछि अब ‘बर्बाद’को प्रदर्शन–मिति अनिश्चित बनेको छ ।
सस्तो लोकप्रियताका लागि पर्दामा जस्तोसुकै घटिया संवाद पनि बोल्न र सोहीस्तरका दृश्य दिन तयार हुने जियाले सेन्सरलाई चुनौती दिँदै भनिन्, ‘त्यही संवाद पुरुषले बोल्न हुने तर महिलाले किन बोल्न नहुने ?’ संवादका कारण चलचित्र बर्बादमाथि कैँची चलाइयो । संवादको कुरा गरिराख्दा जियाले शब्द सामान्य हो भनिन् तर पत्रकार सम्मेलनमा सेन्सर बोर्डले कैँची चलाएको संवाद बोल्न आग्रह गर्दा भने जियाले बोल्न सकिनन् । यसैबाटै थाहा हुन्छ कि चलचित्र बर्बादमा जियाको संवाद कति सभ्य अनि कति असभ्य थियो । आफ्ना प्रायःजसो चलचित्र संवाद सेन्सरमा पर्ने गरेका कारण जिया निकै तनावमा छिन् भन्ने उनका मित्रमण्डलीको कथन छ । ‘आफूले अभिनय गरेका चलचित्रहरू रिलिज नहुँदा टेन्सनमा छु’ भनेर गुनासो गर्ने जियाले बोल्न पाइयो भनेर प्याच्च नबोल्नु, बस्न पाइयो भनेर थ्याच्च नबस्नु भन्ने उखानमाथि ध्यान पु¥याउने कहिले हो कुन्नी ?
बुद्धको नाममा विश्वरेकर्ड
रेकर्ड राख्नु या रेकर्ड तोड्नु आफैँमा कम गौरवको कुरा होइन । अझ त्यसमाथि त्यस्ता रेकर्ड व्यक्तिगत फाइदाका लागि नभएर समग्र मुलुकका लागि भयो भने त झन् सुनमा सुगन्ध हुने नै भयो । यस्तै सुनमा सुगन्ध हुने काम गरेका छन् सञ्चारकर्मी रवि लामिछानेले । बुद्ध नेपालमा नै जन्मेका हुने भन्ने पवित्र उद्देश्य बोकेर उनले यो साता विश्वकै सबैभन्दा लामो ‘टक शो’ सम्पन्न गरेर गिनिज बुकमा नाम लेखाएका छन् । निरन्तर रूपमा ६२ घन्टा १८ मिनेटको रेकर्ड राख्न सफल रविले यसबीचमा एक सय दुईजनाको अन्तर्वार्ता लिएका थिए । न्युज २४ मार्फत निरन्तर रूपमा प्रसारण भएको यो अन्तर्वार्ताको मेनेजमेन्ट भने वेलकम एडभरटाइजिङले गरेको थियो ।
कुनै समय एफएम र नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रूपमा स्वदेशमा मात्र चिनिएका रविको परिचयले यतिबेला विश्वव्यापी चर्चा पाएको छ । तर, उनी यो चर्चालाई व्यक्तिगत रूपमा आफूले मनन नगरेको कुरा बताउँछन् । ‘यो एउटा पवित्र उद्देश्यले गरिएको साहस हो । अब दश लाख हस्ताक्षर पु¥याएर संयुक्त राष्ट्र सङ्घका महासचिवलाई हस्तान्तरण गर्ने र बुद्ध नेपालमा जन्मिएको कुरालाई स्थापित गरेपछि मात्र म सफल हुनेछु,’ उनले भने ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका रवि यतिबेला नेपालमा छन् । अब उनी केही हप्ता स्वदेश बसेपछि अमेरिका फर्कंदै छन् । ‘तर, यो यात्रा र उद्देश्यमा बे्रक भने लाग्ने छैन,’ उनको सङ्कल्प छ ।
सुमिनाले धम्की दिएपछि सिनेक्षेत्र जुरुक्क
पत्रपत्रिकामा प्रकाशित समाचारप्रति असहमति जनाउने थुपै्र बाटा छन् । तर, समाचार प्रकाशित गरेकै घरमा मिडियाकर्मीमाथि गाली–गलौजमा उत्रिएर अपशब्द प्रयोग गर्ने कुनै पनि व्यक्ति या संस्थालाई सही कसैले पनि मान्दैन । गत साता नायिका सुमिना घिमिरेले सञ्चारकर्मी विजय आवाजमाथि गरेको गाली–गलौजले चलचित्र बजार गरम भयो । अनलाइन खबर मिडियामा आबद्ध विजय आवाजलाई समाचारलाई लिएर सुमिनाले दिएको धम्कीप्रति यतिबेला समग्र चलचित्र पत्रकारिता क्षेत्र क्षुब्ध भएको छ ।
यस विषयमा चलचित्र पत्रकार सङ्घ र नेपाल पत्रकार महासङ्घलगायत विभिन्न सङ्घसंस्थाले पे्रस विज्ञप्ति जारी गर्दै नायिका सुमिना घिमिरेले दिएको धम्कीप्रति घोर आपत्ति प्रकट गरेका छन् । विज्ञप्तिमा समाजमा राम्रो सन्देश दिनुपर्ने कलाकारिताजस्तो पेसामा लाग्नेबाट भएको गलत व्यवहार सच्याउनुपर्ने कुरा उल्लेख गरिएको छ ।
प्रतिक्रिया