घाम/जून बटुलेर– रामेश्वर राउत मातृदास

घाम/जून बटुलेर– रामेश्वर राउत मातृदास


indreniपसिनाको महलमा पस्नु छ
आउँछ पालो पर्खेर बस्नु छ
आज मन सम्झनामा घुम्छ घरिघरि
बाँसुरीको धुनसँग नाच्छु वरिपरि

जीवनका हरेक पाइला पवित्र यी धाम
सत्य–धर्म–न्याय–विवेक मुस्कुराइदेऊ राम
घाम जून बटुलेर दुई नयनमा बाली
हृदयमा दिव्य दृष्टि तिमै्र तस्बिर खाली

लामो यात्रा पर्खन्छु छहारी
आँट उत्सव हिम्मत नहारी
उकालीको ठाडो बाटो वरपीपललाई चुमी
आएँ मत युगौँयुग धर्ती/आकाश घुमी

मातृभूमि ऐश्वर्य जननी
स्वदेशजस्तो देखिन कहीँ पनि
स्वदेशलाई उठाऊँ मिली गौरवशाली शिर
जन्मभूमि नेपालको मेटौँ दर्द पिर
वशिष्ठधाम निर्झर दिलचेत, सिन्धुबस्ती

रक्सी– मोतीराज बम
लगातार
तीन दिनसम्म वाकवाकी लाग्यो
टाउको दुख्यो, रिंगटा लाग्यो
र हनहनी ज्वरो आयो
बिचरी श्रीमती आत्तिएर छट्पटिई
बिचरा बच्चाहरूका आँखा टिलपिलाए
सज्जन साथीहरूले
एक पेग फेरि खानु खुमरी उत्रिन्छ भने
मैले पनि
खान छोडिनँ रक्सी खाइरहेँ निस्फिक्री
कविता लेख्दा पनि, कथा लेख्दा पनि
खेत खन्दा पनि, भाषण गर्दा पनि
कसले खान्न र ? रक्सी
प्रदीप गिरी, मनमोहन भट्टराई
सीके लाल, खगेन्द्र सङ्ग्रौला
भन्दै रहेँ परिवारलाई
मान्छेको उचाइ
विवेकले होइन रक्सीले पो नपिँदो रहेछ ।
रक्सीलाई कुलिनता ठानेर
बेपरवाह, बेहिसाब, बेस्सरी पिइरहे
र सोचिरहे
साला ! खसीको मिर्गाैला, भुटन, मुटु र कलेजोसँग
कुखुराको साँग्रा, बँदेलको फिलासँग
म खाँदै छु रक्सी ।
तर
रक्सी खाँदाखाँदै
म रित्तिएको, म सिद्धिएको
थाहै रहेनछ मलाई
म भ्रममा रहेछु बिल्कुल भ्रममा
रक्सीले मेरो मिर्गाैला, मेरो मुटु, मेरो कलेजो र
मेरो भुटनसँग
मलाई पो खाइरहेको रहेछ ।
एक दिन
भट्टीबाट कसैले उठाएर
सहिद गंगालालमा पु¥याएछ
होस खुलेपछि सफेद शøयाबाट
विनयभावमा भगवान कोइरालालाई भनेँ
डाक्टर भगवान मेरो मुटु बचाइदेऊ !
कहिल्यै नरिसाउने डाक्टर भगवानले
क्रोधित हुँदै कडा शब्दमा भने
तिम्रो मुटु अब कुनै भगवानले बचाउन सक्दैन
मात्र रक्सीले बचाउँछ
फेरि भट्टीमा जाऊ दुई–चार पेग अरू लगाऊ ।