राजनीतिक दल र नेताका कारण देश ओरालो लागेको राजेशको टिप्पणी

राजनीतिक दल र नेताका कारण देश ओरालो लागेको राजेशको टिप्पणी


Rajesh Hamalकाठमाडौं, १८ जेठ । राजनीतिक विषयमा हम्मेसी कुनै टिप्पणी नगर्ने अभिनेता राजेश हमालले नेपाली राजनीति र राजनीतिक दलका नेताहरुले बाटो बिराएको अभिव्यक्ति दिएका छन् । नेताहरुले जिम्मेवारी बिर्सेर बाटो बिराउँदा देश र जनताले दुःख पाएको उनको भनाई छ ।
दाङमा शनिबार आयोजित एक कार्यक्रमबीच चलचित्रका नायक हमालले भने अहिलेसम्म मुलुकले कुशल राजनीतिक नेतृत्व पाउन नसकेको र कुशल नेतृत्वकै अभावमा देशको हरेक क्षेत्र धराशायी बन्दै गएको बताए । राजनीति ठिक बाटोमा नआएसम्म अन्य क्षेत्रको विकासको परिकल्पना गर्न नसकिने उनले उल्लेख गरे । विदेशी उदाहरणको पछि लाग्ने नेपाली नेताहरुकै कारण संविधान निर्माण हुन नसकेको भन्दै उनले नेपाली माटो सुहाउँदो संविधान निर्माण गर्न राजनितिक दलहरुलाई आग्रह गरे। पहिलेको तुलनामा मुलुकमा धेरै विकास भएको बताउँदै हमालले त्यो विकास नेताहरुका कारण नभई जनताको इच्छा शक्ति र सक्रियतामा भएको दाबी गरे ।