✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ ने.सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ साउन ९ गते तद्अनुसार सन् २०२६ जुलाई २५ तारिख आइतबार आषाढ शुक्लपक्षको एकादशी तिथि ज्येष्ठा नक्षत्र ब्रम्हा योग बव करण आनन्दादिमा अमृत योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२४ मा भयो र सूर्यास्त साँझ १८ः५५ बजे हुनेछ । हरिशयनी एकादशी, तुलसी रोप्ने, चतुर्मास ब्रत सुरु ।
आजको राशिफल
मेष – आर्थिक क्षेत्रमा राम्रै लाभ हुने तथा ब्यापार, कृषि एवम् वैदेशिक क्षेत्रमा एकदमै राम्रो समय छ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल रहला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । आम्दानी बढ्न सक्छ । साहसिक काममा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त होला । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ ।
वृष – समय शुभदायी छ । व्यापार बढ्ने, सुखद यात्रा हुने र रमाइलो भेटघाटले मनलाइ हर्षित तुल्याउनुको साथै पराक्रम बढ्ला । व्यापार–व्यवसायमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्ने योग छ । सन्तानपक्षबाट पनि सुख मिल्ला । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । सामथ्र्य वृद्धिका साथै रोकिएको काम बन्ने योग छ ।
मिथुन – खर्च केही वृद्धि हुने सम्भावना रहेपनि उत्साहवद्र्धक समय छ । स्वास्थ्य स्थितिमा अनुकूलता आउनाले काम गर्न जाँगर चल्ने देखिन्छ । कर्मबल बढ्नेछ भने श्रमको उचित मूल्याङ्कन होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।
कर्कट – परिश्रमअनुसार उपलब्धि पनि राम्रै मिल्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ । खर्च भने केही बढ्ने र सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुपर्ने देखिन्छ । कुरा काटनेहरु बढनेछन, सावधान रहनुहोला । अवरोध गर्नेहरूको सक्रियताका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।
सिंह – समय शुभदायी छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना रहेपनि आम्दानीमा कमी आउने छैन । आज खर्चभन्दा कमाइ नै बढी हुने योग छ । छरछिमेकबाट सरसहयोग प्राप्त होला । सकारात्मक परिणामका लागि दौडधुप बढ्ने देखिन्छ । सामथ्र्य वृद्धि हुनेछ । मूलतः आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
कन्या – चिताएको काम सहजै बन्नसक्ने दिन छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित रहला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने देखिन्छ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्ला । रोग र शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
तुला – समय केही चुनौतीयुक्त रहने देखिन्छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ भने समयमा होस नपुग्नाले केही ब्यवधान झेल्नुपर्ला । कुरा काट्नेहरु सक्रिय रहने छन् भने पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । चोटपटकको योग रहेकोले आजको दिन आगो तथा हातहतियारको प्रयोगमा एकदमै सावधान रहनुहोला । आर्थिक संकट पनि पर्नसक्छ । यसका बाबजुद आत्मविश्वास कायम रहनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक – कामको कदर भइ प्रतिष्ठा बढ्ने समय छ । रचनात्मक क्रियाकलाप एवम् व्यवसायिक कर्ममा प्रगति होला । जागिरमा चाहिँ आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने देखिन्छ । आत्मसम्मान जोगाउन विशेष सचेत रही कार्य गर्नुपर्ला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि एवम् प्रेमभाव बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नाले उत्साह बढ्नेछ ।
धनु – अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष छाउला । आत्मविश्वास जाग्नेछ भने प्राविधिक काममा सफलता प्राप्त हुनेछ । पढाइलेखाइमा भने खासै प्रगति हुने देखिन्न । आफन्तमिलनले खुशी प्रदान गर्ला । लाभदायी कार्यका लागि व्यस्तता वृद्धि हुने योग छ । स्वास्थ्य सबल रहनेछ भने शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मकर – अधुरा काम बन्ने तथा नयाँ जिम्मेवारी हातलाग्ने समय छ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा सफलताका लागि सहज हुने देखिन्छ । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ भने वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदाको योग छ । पराक्रमका साथै आरोग्यता वृद्धि हुनेछ । मित्रजनको सहयोगले सुख वृद्धि गराउला । रसरागमा आकर्षण बढ्नेछ ।
कुम्भ – आजको दिन केही चुनौती सामना गर्नुपर्ला । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुनसक्छ । मनमा पीडाले डेरा जमाउने योग भएकोले चिन्तारहित हुने स्वप्रयत्न गर्नु हितकर होला । स्वास्थ्यगत समस्या आइपर्ने सम्भावना रहेको छ, विशेष सजग रहनु उचित हुनेछ । चोटपटकको भय पनि छ, सावधानी अपनाउनुहोला । कतिपय प्रतिकुलताका बाबजुद मनमा रसरागको भाव जागृत हुने देखिन्छ । मित्रजनको सहयोग रहनेछ ।
मीन – व्यावसायिक कार्य बीचमा अवरुद्ध बन्न सक्ने समय भएपनि आजको दिन महत्वपूर्ण काम बन्ने देखिन्छ । तपाईंको लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु भेटिएलान् । पढाइलेखाइमा प्रगति हुनेछ भने परिवारजनसँग आत्मीयता बढ्नेछ । मनमा शान्ति छाउनेछ । प्रेम प्रस्तावको पनि योग छ । कलासम्बन्धी कार्यमा विशेष मन जाला । आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । मान महत्व वृद्धिको समय छ ।
प्रतिक्रिया