प्रेमीसँग बिहे गर्न श्रीमतीले रचिन् यस्तो प्रपञ्च

प्रेमीसँग बिहे गर्न श्रीमतीले रचिन् यस्तो प्रपञ्च


आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा कन्चनपुरको भिमदत्त नगरपालिका-८ तिलाचौर बस्ने केशव कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीले मंगलबार विहान खेतमा काम गरिरहेको अवस्थामा २८ वर्षीया श्रीमती सरस्वती कार्कीलाई फरुवाले टाउकोमा प्रहार गरी हत्या गरेका थिए । कार्की सशस्त्र प्रहरी रहेको बताइएको छ । विदामा घर गएका कार्कीले आफूसँगै विहान खेत रोप्न निस्कीएकी श्रीमतीलाई विवादका क्रममा फरुवा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, कैलाली कंचनपुर पुनर्वास नगरपालिका २ बस्ने २४ वर्षीय तेजबहादुर बिष्टको हत्या गरेको अभियोगमा बिष्टकी २२ वर्षीया श्रीमती लक्ष्मी बडैला र कैलाली गोदाबरी नगरपालिका १० बस्ने २७ वर्षीय दिपक खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यही असार ८ गते बिष्ट घरबाट ससुराली घर जान्छु भनि गएकोमा सम्पर्कमा नआएपछि निजकी आमाले ईलाका प्रहरी कार्यालय मालाखेतीमा हुलिया निवेदन दिएकी थिइन् । अनुसन्धानको क्रममा प्रहरीले निजको श्रीमती खत्रीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चुरे गाउँपालिकास्थित भासु भिरमा मोटरसाइकल सहित उनलाई फालेको खुलासा भएको थियो ।

उनीहरुले बताएको स्थानमा प्रहरीले खोजतलास गर्दा भासु भिरमा सडक भन्दा अन्दाजी १ सय मिटर तल बिष्टले प्रयोग गरेको म.२ प ७४७७ नम्बरको मोटरसाइकल र ७ सय मिटर तल बिष्टको शव फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानबाट लक्ष्मी र दीपकबीच प्रेम सम्बन्ध रहेको र प्रेमीसँग विवाह गर्नका लागि हालै विवाहिता बनेकी उनले दीपकको सहयोगमा श्रीमान्को हत्या गरेको खुल्न आएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।