बेलायतमा नेपाली महिलाको बलात्कारपछि हत्या

बेलायतमा नेपाली महिलाको बलात्कारपछि हत्या


Krishna Maya Mabo, 40,काठमाडौं । बेलायतमा एक नेपाली महिलाको बलात्कारपछि हत्या भएको छ । विगत १३ वर्षदेखि बेलायत बस्दै आएकी पाँचथर थर्पु– ६ की ४० वर्षीया कृष्णमाया माबोको हत्या भएको जनाइएको छ । कृष्णमाया बेलायतस्थित रेडिङ सहरनजिक आर्वरफिल्डमा सपरिवार रहँदै आएकी थिइन् ।
बताइएअनुसार गत आइतबार साँझ ६ बजे घरबाट हिंड्डुल गर्न निस्किएकी माबो मध्यरातसम्म पनि नफर्किएपछि परिवारले स्थानीय प्रहरीलाई खवर गरेको थियो । त्यसपछि प्रहरीले तालिमप्राप्त कुकुर र हेलिकप्टरको सहयोगमा त्यस रातभर खोजी गरे पनि केही पत्ता नलागेपछि भोलिपल्ट पुनः खोजी गर्दा घरबाट करिब दुई माइल टाढा रोविन हुड कोप्स्को गहुँबारीमा दिउँसो एक बजेतिर शव भेटिएको उनका श्रीमान ठालुमान माबोलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । ठालुमान ब्रिटिश आर्मीमा १६ वर्ष जागिर गरेर अवकासपछि हाल आर्मीकै एमपीजिएसमा कार्यरत छन् ।
कृष्णमायाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको ठालुमानले बताए । शव हाल रोयल बक्र्ससायर हस्पिटल रेडिङमा राखिएको छ भने थेम्स् भ्याली पुलिसले हत्या आरोपमा तीस वर्षीय एक पुरुषलाई पक्रिएर अनुसन्धान भइरहेको जनाए पनि विस्तृत केही बताएको छैन् । कृष्णमायाका दुई छोरी र एक छोरा छन् ।