टुट्यो मेस्सीको सपना, फ्रान्ससँग पराजित हुँदै बाहिरियो अर्जेन्टिना

टुट्यो मेस्सीको सपना, फ्रान्ससँग पराजित हुँदै बाहिरियो अर्जेन्टिना


रुसमा आयोजना भइरहेको फिफा विश्वकपको प्रि क्वाटर फाइनल खेलमा अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित भएको छ । यस हारसँगै ‘महान’ मानिएका मेस्सीको सपना टुटेको छ भने अर्जेन्टिना विश्वकपबाटै बाहिरिन पुगेको छ ।

शनिबारको खेलमा फ्रान्सको तर्फबाट क्यालन मैप्पीले दुई गोल गरेर टीमलाई विजयी तुृल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरे । अर्जेन्टिनाको तर्फबाट सेर्गियो एग्रियोले तेस्रो गोल गरेर आफ्नो टिमको हौसला उकासे पनि हारको अन्तर कम गर्नुवाहेक यस गोलको थप महत्व रहेन ।