रोनाल्डो पनि रित्तो हात घर फर्किए, उरुग्वेद्वारा पोर्चुगल २-१ ले पराजित

रोनाल्डो पनि रित्तो हात घर फर्किए, उरुग्वेद्वारा पोर्चुगल २-१ ले पराजित


फिफा विश्वकपअन्तर्गत उरुग्वे र पोर्चुगलबीच भएको नकआउट प्रतियोगितामा उरुग्वेद्वारा पोर्चुगल २–१ ले पराजित भएको छ । यस जितसँगै उरुग्वे अब क्वाटर फाइनल (अन्तिम आठ)मा प्रवेश गरेको छ । यी दुई देश ४२ वर्षपछि नकआउट प्रतिष्पर्धामा एकसाथ उत्रिएका थिए । पोर्चुगललाई पराजित तुल्याएको उरुग्वेले क्वाटर फाइनलमा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ ।

उरुग्वेको तर्फबाट कवानीले प्रतियोगिताको सातौँ मिनेटमै गोल गरेर टिमलाई १–० ले अघि बढाएका थिए । पोर्चुगलले पनि दोस्रो हाप (खेलको ५७औं मिनेट)मा पेपेको गोलमार्फत १–१ ले बराबरी पोजिसन हासिल गरेको थियो । तर, दोस्रो हापमै एडिसन कावानीको गोल मार्फत उरुग्वे २–१ ले अघि बढेपछि उसको जित रोक्न पोर्चुगल असफल बन्न पुग्यो ।

प्रि क्वाटर फाइनलमा ब्यहोरेको यस हारपछि पोर्चुगलको विश्वकप यात्रा टुंगिएको छ । स्टार खेलाडी रोनाल्डोबाट निकै अपेक्षा गरिएको भए पनि उनले खास चमत्कार देखाउन सकेनन् । शनिबारकै पहिलो खेलमा मेस्सीको देश अर्जेन्टिना फ्रान्ससँग पराजित भई विश्वकपबाट बाहिरिएको थियो ।