काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी तथा अन्य कर्मचारीहरू भाष्कर ज्ञवाली, विष्णु नेपाल, लोकबहादुर खड्का र आश्विनीकुमार ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महाप्रसादले कतिपय बैंक तथा वित्तीय संस्थामा मातहतका कर्मचारीलाई निरीक्षण गराएर पूर्वाग्रह राखी प्रतिवेदन तयार गर्न लगाउने र प्रतिशोधपूर्ण ढङ्गले कारबाही गरी बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूलाई सताउने गरेकोले उनीहरूविरुद्ध अख्तियारमा तथ्य प्रमाणसहित उजुरी परेको बुझिएको छ ।
नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारीसहित उच्चपदस्थ कर्मचारीहरू आफूसम्बद्ध एक राजनीतिक दलको निम्ति नगद सङ्ग्रहमा समेत खटेको र चन्दा नदिने बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई विभिन्न अत्तो थापी कारबाही गर्नरगराउन सक्रिय रहेको बताइन्छ । अख्तियारमा गत आइतबार ९जेठ २६ गते० दर्ता गरिएको ९द।नं। २०६२३ र २०६२४० उजुरीपत्रमा महाप्रसाद अधिकारीलगायतका कर्मचारीले आफूअनुकूलका व्यवसायी चन्द्र ढकाललाई विशेष सहयोग पुर्याउने गरेको, महाप्रसादको आदेश, निर्देश तथा मिलेमतोमा खासखास बैंक तथा वित्तीय संस्थाहरू समस्याग्रस्त रहेको भनी पत्रिकाबाजी गर्ने र पाँच सय रुपैयाँको सेयरलाई पचास रुपैयाँमा तथा दुई हजार रुपैयाँको सेयर सय रुपैयाँ झार्ने र सेयर मूल्य घटेपछि आफ्नो नजिकका मित्र तथा आफन्तहरूको नाममा सेयर सकार्न लगाउने गरेको आरोप लगाइएको छ । महाप्रसादले बैंक व्यवसायी तथा अन्यलाई सताई ठूलो परिणाममा रकम असुल्ने गरेको र उक्त रकम विभिन्न व्यवसायीमार्फत लगानी गर्ने गरेको पनि उजुरीपत्रमा उल्लिखित छ । अधिकारीले त्यसरी कमाएको धन विदेशमा पुर्याएको आरोपसमेत उजुरीपत्रमा लगाइएको छ । उजुरवालाहरूले अख्तियारबाट महाप्रसाद अधिकारीसहितका कर्मचारीमाथि तत्काल छानबिन गरी आवश्यक कानुनी कारबाही अघि बढाउन तदारुकता लिइने विश्वास गरेका छन् ।
प्रतिक्रिया