नकआउट चरणको घम्साघम्सी : कुन राष्ट्रको कोसँग हुँदैछ भीडन्त ?

नकआउट चरणको घम्साघम्सी : कुन राष्ट्रको कोसँग हुँदैछ भीडन्त ?


सन २०१८ को फिफा विश्वक फुटबलको लिग चरणको समापनसँगै अन्तिम १६ मा पुग्ने अर्थात नकआउट चरणमा पुग्ने टीमहरूको पनि टुङ्गो लागेको छ । नकआउट चरणमा योपटक पनि युरोपियन र दक्षिण अमेरिकी टीमहरूको बर्चश्व रहेको छ । एसियाली मुलुकबाट जापान नकआउट चरणमा पुग्न सफल भयो । यो विश्वकप अफ्रिकी मुलुकहरूको लागि भने दुर्भाग्य सावित भयो । कुनै पनि अफ्रिकी मुलुक नकआउट चरणमा पुग्न सकेनन् ।

विश्वकपकोे नकआउट चरणमा पुग्ने राष्ट्रहरुमा आयोजक रुस, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, अर्जेन्टिना, क्रोएसिया, स्वीडेन, मेक्सिको, ब्राजिल, स्वीटजरल्याण्ड, बेल्जियम, बेलायत, कोलम्विया र जापान रहेका छन् । फिफा विश्वकप फुटबलको नकआउट चरण असार १६ गतेदेखि सुरु भएको छ । यी १६ टीमहरू बीच कहिले र कुन समय नकआउट चरणका खेल हुँदैछन् त्यसको जानकारी प्रस्तुत गरिएको छ ।

पहिलो खेल, फ्रान्स विरुद्ध अर्जेन्टिना : नकआउट चरणको पहिलो खेल अर्जेन्टिना र फ्रान्सबीच असार १६ गते शनिवार ७ः४५ बजे कजान एरिनामा खेलिएको छ । हिजो सम्पन्न खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको थियो ।

दोश्रो खेल, उरुग्वेविरुद्ध पोर्चुगल : नकआउट चरणको दोश्रो खेल उरुग्वे र पोर्चुगलबीच असार १६ गते शनिबार ११ः४५ बजे फिस्ट स्टेडियममा सम्पन्न भएको छ । जसमा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गरेको छ ।

तेस्रो खेल, स्पेन विरुद्ध रसिया : नकआउट चरणको तेस्रो खेल स्पेन र रुसबीच असार १७ गते आइतबार साँझ ७ः४५ बजे लुन्जिकी स्टेडियममा हुनेछ ।

चौथो खेल, क्रोसिया विरुद्ध डेनमार्क : नकआउट चरणको चौथो खेल क्रोएसिया र आयोजक राष्ट रसियाबीच असार १७ गते आइतबार राति ११ः४५ बजे निजनी नोबगोरोड रंगशालामा हुनेछ ।

पाँचौं खेल, ब्राजिलविरुद्ध मेक्सिको : नकआउट चरणको पाँचौं खेल ब्राजिल र मेक्सिकोबीच असार १८ गते सोमबार साँझ ७ः४५ बजे समारा एरिनामा हुनेछ । यो विश्वकपको लिग चरणमा मेक्सिकोले जर्मनीलाई पराजित गरेर उलटफेर गरेको थियो । ब्राजिलको लागि पनि मेक्सिको फलामकै चिउरा सावित हुने अड्कल काटिएको छ ।

छैंटौं खेल, बेल्जियम विरुद्ध जापान : नकआउट चरणको छैटौं खेल बेल्जियम र जापानबीच असार १८ गते सोमबार ११ः४५ बजे रोस्ताभ एरिनामा हुनेछ । विश्वकप फुटबलको इतिहासमा पहिलो पटक फेयर प्लेको आधारमा जापान नकआउट चरणमा पुगेको हो ।

सातौं खेल, स्वीडेन विरुद्ध स्वीटजरल्याण्ड : नकआउट चरणको सातौं खेल स्वीडेन र स्वीटजरल्याण्डबीच असार १९ गते मंगलबार ७ः ४५ बजे सेन्ट पीटर्सबर्गमा हुनेछ । यो विश्वकपमा स्वीडेनले निकै प्रभावशाली प्रदर्शन गर्दै आएको छ ।

आठौं खेल, कोलम्बिया र इङगल्याण्ड : नकआउट चरणको अन्तिम खेल असार १९ गते मंगलबार ११ः४५ बजे स्पार्टक स्टेडियममा हुनेछ । लिग चरणको पहिलो खेलमा जापानसंग पराजित भए पनि त्यसपछिका खेलमा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।