रुसमा आयोजना भइरहेको फिफा विश्वकपमा आइतबार भएको रुस र स्पेनबीचको नकआउट प्रतियोगितामा पेनाल्टी शूटआउटमार्फत् रुसले स्पेनलाई ४–३ ले पराजित तुल्याएको छ । यसरी आयोजक राष्ट्र रुसले वल्र्ड कपको क्वाटर फाइनलमा आफ्नो स्थान बनाएको छ ।
खेलको निर्धारित ९० मिनेट अवधिमा दुवै देश एक–एकको बराबरीमा रहेपछि ४ मिनेटको इन्जरी टाइम दिइएको थियो । उक्त समयमा पनि दुवै टिमले थप गोल गर्न सकेनन् । पुनः १५–१५ मिनेटको एक्स्ट्रा टाइम दिइयो, फेरि पनि विना गोल दुवै टिम बराबरीमै रोकिए ।
प्रतियोगिताको पहिलो हापमा रुसका अर्टम डेज्युबाले गोल गरेर स्पेनको बराबरीमा पुर्याएका थिए । यसअघि रुसका सेर्गी इग्नाशेविचले आत्मघाती गोल गरेर स्पेनलाई एक गोल ‘उपहार’ दिएका थिए ।
स्पेनले पेनाल्टी शूटआउटमा राम्रो प्रदर्शन गर्न सकेन । उसलाई हासिल भएको पाँच मौकामा केवल तीन गोल मात्र गर्न सक्यो भने रुसले पाँच मौकामध्ये चार गोल गरेर आफूलाई क्वाटर फाइनलमा प्रवेश गराउन सफल रह्यो ।
प्रतिक्रिया