राष्ट्रिय बक्सिङमा आर्मी च्याम्पियन

राष्ट्रिय बक्सिङमा आर्मी च्याम्पियन


प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मी टिम च्याम्पियनको बनेको छ । आर्मीले पुरुषतर्फ ५ स्वर्ण, ५ रजत र ६ कास्य तथा महिलातर्फ ४ स्वर्ण, २ रजत र ५ कास्य जित्दै समग्रमा ९ स्वर्ण, ७ रजत र ११ कास्यका साथ टिम च्याम्पियनको उपाधि जितेको हो ।

प्रतियोगितामा पुरुष तर्फ आर्मीका सुशिल थापा र उत्कृष्ट खेलाडी महिला तर्फ एपीएफकी माला राई उत्कृष्ट खेलाडी घोषित भएका थिए । उत्कृष्ट निर्णयकको उपाधि आठौ सागका स्वर्ण बिजेता प्रकाश थापामगरले जिते । बिजेता तीनैले जनही २० हजार नगद प्राप्त गरे । विजेतालाई प्रकाश दाहालकी पत्नी तथा खानेपानी मन्त्री विनामगरले पुरस्कार वितरण गरेकि थिइन् ।

लैनचौर स्थित हलमा सम्पन्न प्रतियोगिताको हेवी वेट ९१ केजी माथिको स्वर्ण पदक आर्मीका आशिष दवाडीले जिते । फाइनलमा उनले कैलालीका सुरेश ओझालाई हराएका थिए । यस्तै पुरुषकै ९१ केजीको स्वर्ण पदक पनि आर्मीका अर्जुन सिंहले जिते । स्वर्ण भिडन्तमा अर्जुनले आफ्नै क्लबका गणेश प्रधानलाई पराजित गरे ।
पुरुषकै ८१ केजी तौलको फाइनल प्रतिस्पर्धामा कास्कीका दिपक सुनुवारले आर्मीका भुपेन्द्र सिंहलाई हराउँदै स्वर्ण पदक जिते । पुरुष ५२ केजीको स्वर्ण पदक एपीएफका विक्रम परियारले हात पारे । उनले फाइनलमा आर्मीका विकास राईलाई पराजित गरेका थिए । पुरुष ४८ केजीको स्वर्ण आर्मीका सुशिल थापाले जितेका थिए । पुरुष ५६ केजीको स्वर्ण पदक एपीएफका पुरन राईले जिते । पुरनले फाइनलमा कास्कीका दिनेश बानियाँलाइ हराएका थिए ।

६० केजीमा आर्मीका दानबहादुर दर्लामी च्याम्पियन बने । फाइनलमा उनले झापाका प्रकाश लिम्बुलाई हराएका थिए । त्यस्तै ६४ केजीमा आर्मीका नरेश थापा च्याम्पियन बने । स्वर्ण भिडन्तमा नरेशले झापाका अविनय राईलाई हराएका थिए । ६९ केजी तौल समूहमा कास्कीका हेमराज राउत च्याम्पियन बने । उनले फाइनलमा आर्मीका रवि सुनारलाई पराजित गरे । पुरुषकै ७५ केजी तौलको स्वर्ण जित्दा बानुजका कौशल जंग थापाले आर्मीका कृष्णराज शाहीलाई पराजित गरेका थिए ।

अखिल नेपाल खेलकुद संघको आयोजनामा भएको प्रतियोगितामाको विगागीय टिमले पुरुषको १० मध्ये सात स्वर्ण जित्दा महिला तर्फ भने आठै तौल समूहको स्वर्ण विभागीय टिमले बाँढेका थिए । आर्मी र एपीएफले चार चार स्वर्ण कब्जा गरे ।

५१ केजीको फाइनलमा एपीएफकी माला राईले मकवानपुरकी सञ्जुमाया थिङलाई हराइन् भने ५४ केजीमा आर्मीकी मिनु गुरुङले काठमाडौंकी मिना घलेलाई पराजित गरिन् । ५७ केजीको फाइनलमा आर्मीकी चन्द्रकला थापाले नक्सालकी कुशुम तामाङलाई हराउँदै स्वर्ण जितिन् । ६० केजी तौल समूहमा आर्मीकी सविना श्रेष्ठले कैलालीकी सविता चौधरीलाई पराजित गरेकि थिइन् ।

महिला ७५ केजीमा आर्मीकी शिलु डंगोलले आर्मीकै सोनाम रोकलाई हराउँदै स्वर्ण पदक कब्जा गरिन् । ६९ केजी तौल समूहमा एपीएफकी सरस्वती रानाले आर्मीकी उमा गुरुङलाई हराउँदै स्वर्ण पदक हासिल गरेकि थिइन् । त्यस्तै महिला ४८ केजीको फाइनलमा एपीएफकी सावित्री तामाङले आफ्नै क्लबकी नन्जा बुढामगरलाई पराजित गरिन् । ६४ केजीको स्वर्ण भिडन्तको बाजी विनिता थापामगरले हात पारिन् । उनले नक्सालकी अम्बिया विकलाई पराजित गरेकि थिइन् ।

प्रत्येक समूहका बिजेता उपबिजता तथा तेश्रो स्थान हासिल गर्ने खेलाडीले क्रमशः नगद १० हजार, ५ हजार र ३ प्रकाश दाहालकी धर्मपत्नी तथा खानेपानी मन्त्री बिना मगर, पूर्व खेलकुद मन्त्री दलजित श्रीपाईली, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ, संघका अध्यक्ष राम अवाले, राखेप सदस्य एवमं संघका बरिष्ठ अध्यक्ष अर्जुन बहादुर केसी, प्रतियोगिता संयोजक पवन अग्रवलगायतले पुरस्कृत गरेका थिए ।