इण्डोनेशियाको जार्कातामा हुने १८औँ यशियाली खेलमा नेपालका तर्फ बाट सहभागि हुने कराते खोलाडीलाई सम्झना ल्याब्रोरेटरी प्राली काठमाडौले खेल सामाग्री प्रदान गरको छ ।
उक्त कम्पनीले करिब १ लाख ५० हजार बराबरको खेल सामाग्री खेलाडीलाई प्रदान गरेको हो । कम्पनीका प्रतिनिधि साग स्वर्णधारी रबी महर्जन र कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले एक कार्यक्रमका बिच खेल पोशाक लगाएत अन्य आवश्यक सामाग्री वितरण गरेका थिए ।
सो अबसरमा बोल्दै अध्यक्ष गुरुङले एशियाडमा पदको सम्भावना रहेको कराते खेलका लागि निजी संस्थाले सहयोग गर्नुले खेलाडीलाई प्रोत्साहन मिल्ने बताए । त्यस्तै पश्चिमाञ्चल क्षेत्रिय प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले खेलाडीले सुविधा भन्दा पनि आत्मविश्वास र लगनशिलताका साथ खेल्नु पर्ने औल्याए । उनले भने ‘अहिले पनि एशियाडमा पदक ल्याउन तिन महिनाको तयारी गर्दै छौं, यो समय अवधि भनेको ‘डु अर डाई’ कै स्थिति हो, यतिबेला आत्मविश्वासका साथ मैदानमा उत्रिने नै हो ।’

करातेका मुख्य प्रशिक्षक सोभितराज पर्साइले एसियाडमा जाने कराते टोलीलाई वातावणीय हिसाबले प्रशिक्षण स्थलको रुपमा पोखरा छनौट गरेको जानकारी गराउँदै प्रशिक्षणका दौरान खेलाडीलाई पोखरामा सोचे भन्दा वढी नै सहयोग प्राप्त भएकोमा आभार प्रकट गरेका थिए ।
सम्झाना ल्याव्रोरेटरीका प्रतिनिधि रवि महर्जनले राष्ट्रिय कराते टोलीलाई हौसला स्वरुप केही खेल सामग्री प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीले जेहेन्दार कराते खेलाडीलाई एकेडेमी मार्फत पूर्ण सुविधासहित खेल्ने अवसर समेत प्रदान गर्ने जानकारी दिए । रवि महर्जन ८औँ दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेतासमेत हुन् ।
एसियाडमा जाने करातेका खेलका ८ जना खेलाडी र २ जना प्रशिक्षक जेठ १ गते बाट पोखरामा प्रशिक्षणमा व्यस्त छन । एशियाडमा जाने खेलाडीमा ५० केजीमा अनु अधिकारी, ६१ केजीमा सुनिता महर्जन, प्लस ६८ केजीमा रिता कार्की, सोनाम लामा ६० केजी, दिवश श्रेष्ठ माइनस ८४ केजी, चंचला दनुवार र परशुराम बास्तोला एकल कातामा रहेका छन् । उनीहरुलाई हिरासिंह डंगोल र दिपक श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।
प्रतिक्रिया