ब्राजिलसँग मेक्सिको २-० ले पराजित

ब्राजिलसँग मेक्सिको २-० ले पराजित


रुसमा जारी २१औँ फिफा विश्वकपमा आजको नकआउट प्रतियोगितामा मेक्सिकोलाई २-० ले पराजित गरी ब्राजिल क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलको ५१औं मिनेटमा नेइमारले पहिलो गोल गरेर टिमलाई अघि ढाएका थिए भने दोस्रो गोल ८८औँ मिनेटमा रबर्टो फिरमिनोले गरेका थिए ।

पहिलो हापमा ब्राजिलले पटक पटक गोल गर्ने अवसर पाए पनि बललाई गोलमा परिणत गर्न सकेको थिएन । ब्राजिलका स्टार स्ट्राइकर नेइमारलाई कैयन पटक विपक्षी टिमले कायल पारेको अनुभूति हुन्थ्यो । चोटग्रस्त भएर पनि उनले हिम्मत हारेनन् र आफ्नो टिमलाई प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गराएरै छाडे ।

समूह चरणमा जर्मनीलाई हराउने मेक्सिकोलाई पन्छाएर ब्राजिलले विश्वकपको प्रवल दाबेदारको रुपमा आफूलाई चम्काएको छ ।