थाइल्यान्डको राजधानी बैंककमा भएको चौथो हिरोज् अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको ५५ केजी समूहतर्फ नेपालका दीपेश कँडेलले स्वर्ण पदक जितेका छन् ।
३० जुनदेखि १ जुलाईसम्म थाइल्यान्डमा सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ५१ केजी समूहमा निजल थापा, ४१ केजीतर्फ पशुपति खनाल र ३८ केजीतर्फ रोहितबहादुर मगरले दोस्रो स्थान हासिल गर्दै रजत पदक जितेका थिए ।
उक्त प्रतियोगिताको नेपाली टिमको कोचमा हरि थापा र व्यवस्थापकमा मुन्नाविक्रम खाती रहेका थिए । खेलाडी तथा पदाधिकारीलाई राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालका महासचिव राजकुमार कार्कीले बिदाइ गरेका थिए । सङ्घका खेलाडीले उक्त प्रतियोगितामा विजय हासिल गरेपछि कार्कीले बधाई दिएका छन् ।
प्रतिक्रिया