एसियाडमा खेल्ने उसु टीमलाई नेपाल फिडको सहयोग

एसियाडमा खेल्ने उसु टीमलाई नेपाल फिडको सहयोग


आगामी भाद्र २ गतेदेखि इन्डोनेसियाको राजधानी जाकार्तामा आयोजना हुन गइरहेको १८औं एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने उसु खेलका खेलाडी, प्रशिक्षक तथा टीम म्यानेजरलाई नेपाल पेलेट फिड इण्डष्ट्रिज प्रालिले सहयोग प्रदान गरेको टीम म्यानेजर लाक्पा छिरिङ लामा ‘अजय’ले जानकारी दिएका छन् ।

नेपाल पेलेटले सहभागीहरूलाई सहयोगस्वरुप १४ जोर ट्र्याक सुट प्रदान गरेको हो । दशरथ रंगशालामा आयोजित सहयोग हस्तानतरण कार्यक्रममा नेपाल पेलेटका पदाधिकारीले उसु संघका खेलाडी तथा पदाधिकारीहरूलाई उक्त खेल सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा उसुका संयोजक वीरबहादुर लामा, उपाध्यक्ष राजीव महर्जन, टीम म्यानेजर अजय, प्रशिक्षक अमरकुमार थिङ, शैलेन्द्र श्रेष्ठ र फत्तबहादुर लामाको उपस्थिति रहेको थियो ।