प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद शुरु

प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद शुरु


राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद असार २१ ग्ते बिहीबारदेखि शुरु भएको छ ।

प्रतियोगितामा पुरुष, महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल (खुला) गरी ४ खेलमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत शारङ्गीन निरौलाले जनाएका छन् ।

भलिबलमा २, ब्याडमिन्टन र टेबलटेनिसमा ४–४ तथा बुद्धिचालमा १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । अधिकृत निरौलाका अनुसार तीनदिने प्रतियोगितामा ८ विश्वविद्यालयबाट २ सय ५६ खेलाडी सहभागी हुनेछन् ।

भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, ब्याडमिन्टन र बुद्धिचाल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय तथा टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख खर्च हुनेछ ।