चर्चित म्याराथन धावक हरि रोकायलाई कर्णाली प्रदेश सरकारले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कणाली प्रदेशको हिजो बसेको मन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।
खेलकुद क्षेत्रबाट कर्णाली क्षेत्रलाई चिनाउँदै गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नामसमेत लेखाउन सफल खेलाडी हुन् रोकाय । विगत दुई सातादेखि अस्वस्थ भई अस्पताल भर्ना भएका रोकाय अहिले पनि उपचार गराइरहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकसमेत रहेका रोकाय विगत डेढ दशकदेखि कर्णालीमा एथलेटिक्सको प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका छन् । उनले प्रत्येक वर्ष नेपाली खेलकुदलाई नयाँ–नयाँ प्रतिभा जन्माएर खेलकुदलाई हराभरा गर्ने कार्य गर्दै आएका छन् ।
प्रतिक्रिया