नेपालका लागि थाइल्यान्ड दूतावासको आयोजनामा मुँवा थाई वर्कसप सम्पन्न भएको छ । सहभागीलाई लाना फाइटिङका अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर वितावातका सोमकोे नेतृत्वमा रहेका चार प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको तीनदिने मुँवा सेमिनारमा खेलाडी, प्रशिक्षक र रेफ्री गरी कुल ६० जनाको सहभागिता थियो ।
सेमिनारमा मुँवा थाईको नयाँ नीति, नियम, इतिहास, धरातल, प्रशिक्षण शैली र विभिन्न प्रकारका टेक्निक्सबारे प्रशिक्षण दिएको राष्ट्रिय मुवाँ थाई संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए । सहभागीलाई सांसद अमृता थापाले एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गरेकी थिइन् ।
प्रतिक्रिया