रुसमा जारी फिफा विश्वकप २०१८को क्वाटर–फाइनलमा फ्रान्सले उरुग्वेलाई २–० ले पराजित गरेको छ । यो जितसँगै फ्रान्सले विश्वकपको सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित तुल्याउँदै बलियो टिम उरुग्वेलाई प्रतियोगिताबाट आउट गरेको छ ।
म्याचको शुरुदेखि नै फ्रान्सका खेलाडीले उरुग्वेमाथि दबाब दिएको महसुस गरिएको थियो । यसको परिणामस्वरुप खेलको चालिस मिनेटमा राफेल वरानेले गोल गरेर फ्रान्सलाई १–० ले अगाडि लगे । पहिलो हाप समाप्त हुँदासम्म १–० मै खेल रह्यो । दोस्रो हापको ६१ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेर उरुग्वेलाई २–० ले पछि पारे ।
यसरी फ्रान्सले विश्वकपमा आफूलाई छैटौँ पटक सेमिफाइनलमा पुर्याएको छ । फ्रान्सले विश्वकपमा उरुग्वेमाथि विजय हासिल गरेको यो पहिलोपटक हो ।

प्रतिक्रिया