विश्वकपबाट बाहिरियो ब्राजिल

विश्वकपबाट बाहिरियो ब्राजिल


शुक्रबार राति भएको खेलमा ब्राजिल पराजित भएको छ । क्वार्टरफाइनल खेलमा बेल्जियमले बलियो टोली ब्राजिललाई २-१ गोल अन्तरले हराएको हो ।

पाँच पटकको विजेता ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको उसले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्नेछ ।

ब्राजिललाई प्रतियोगिताको प्रमुख दावेदारका रुपमा हेरिएको थियो र उसले अहिलेसम्म एक गोल मात्र खाएको थियो । तर, कजानमा सुरूमै गोल खान पुग्यो ।

रोमाञ्चक खेलको सुरुमा नै ब्राजिलको प्रहार पोष्टमा लागेको थियो भने थिएगो सिल्भाले गोल गर्ने मौका गुमाएका थिए ।

खेलको ७६ औं मिनेटमा काउटिन्होको पासमा रेनाटो अगुःटाले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउन आश देखाएका थिए ।