आयोजक रसियाको विश्वकप यात्रा समाप्त

आयोजक रसियाको विश्वकप यात्रा समाप्त


क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रसियालाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो ।

अब क्रोएसियाले इंग्ल्याण्डको सामना गर्नेछ । शनिबार राति भएको खेलमा क्रोएसियाले रसियालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराएको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल थप समयमा गएको थियो । खेलको ३१औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए । क्रोएसियाका आन्द्रेज क्रामारिचले ३९औं मिनेटमा गोल गर्दै खेल १–१को बराबरीमा पु¥याएका थिए ।

९० मिनेटसम्म थप कुनै गोल नहुनसकेपछि थपिएको ३० मिनेटमा दुवै टोलीले थप १–१ गोल गरे । खेलको १००औं मिनेटमा क्रोएसियाका डोमागोज भिडाले गोल गर्दै २–१को अग्रता दिलाएका थिए । ११५औं मिनेटमा रसियाका मारियो फिग्वेरा फरनान्डेजले गोल गर्दै खेल २२को बराबरीमा पु‍–याएका थिए ।

रसिया र क्रोएसियाको खेल रोमाञ्चक भएको थियो। शुरुमा रसियाले आफ्नो घरेलु मैदानमा अग्रता लिंदा खेलमा रसिया हावी हुने अनुमान गरिएको भए पनि क्रोएसियाले आफ्नो लय समात्दै खेलमा फर्केको थियो । दुवै टोलीले पालैपालो गोल गरि दिंदा खेलको अन्तिम नतिजा के हुने अनुमान गर्न दर्शकहरुलाई गाह्रो परेको थियो।

खेल टाईब्रेकरमा गएपछि भएको पेनाल्टी सुटआउटमा रसियाले २ पेनाल्टीलाई गोलमा परिणत गर्न सकेन भने क्रोएसियाले एउटा पेनाल्टीमा गोल गर्न सकेको थिएन।

रसियाकालागि फ्योदोर स्मोलोभ र मारियो फिग्वेरा फर्नान्डेसले गोल गर्न सकेका थिएनन्। स्मोलोभको बल क्रोएसियाका किपरले रोकेका थिए भने फर्नान्डेसले बाहिर प्रहार गरेका थिए। क्रोएसियाका लगि माटेओ कोभासिचको प्रहार रसियाका किपरले रोकेका थिए।