तपाईंको यो साता (राशिफल, ०७५ असार २७–०१ साउन)

तपाईंको यो साता (राशिफल, ०७५ असार २७–०१ साउन)


पं. नारायणप्रसाद दुलाल
(ज्योतिषाचार्य/वास्तुविद)

मेष
शुभकार्यको चर्चा चल्नेछ । टाढिएका मित्रसँग नजिकिने समय छ । रमाइलो यात्राको योग रहेको छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । शुभ समाचार पनि सुन्न पाइएला । व्यापार व्यवसायमा फाईदा होला । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृष
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । साताको अन्त्यबाट आर्थिक कारोवारमा मन्दी आउनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन
आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । साताको पहिलो दिनबाट महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट
राजनैतिक कार्यमा सफलता मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । साताको अन्त्यमा समय प्रतिकुल भई कुलतमा मन जानेछ । मुद्धा मामिलापनि लाग्न सक्नेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग रातो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

सिंह

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग कालो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या
बौद्धिक काममा सफलता मिल्नेछ । शत्रु पराजित हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्ध हुनेछ । भौतिक साधन जुटाउने समय छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग पहेंलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला
सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतः प्रेममा सफलता प्राप्तिको योग छ । साताको अन्त्यमा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक
नयाँ कार्यको योजना बन्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाब बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पारिवार संग रमाइलो भेटघाट हुनेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु
दैनिक कार्यमा प्रगति हुनेछ । राज्य बाट मान सम्मान पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रमणीय र सुखद यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर
आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । साताको अन्त्य बाट स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो साताका लागि शुभअङ्क २,३ र शुभरङ्ग खौरो वा पहेंलो होे । कुनै शुभकर्म गर्नु अघि गणेशजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ
प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । मानसिक चिन्ता पनि बढ्नेछ । साताको अन्त्यबाट मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग पहेंलोे वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मीन

परिवारजनको साथले नयाँ आशा जगाउनेछ । शुभ समाचार सुन्न पाइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग हरियो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।