स्वर्गीय कर्मचारीका परिवारलाई आर्थिक सहयोग

स्वर्गीय कर्मचारीका परिवारलाई आर्थिक सहयोग


राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहेको अवस्थामा निधन भएका दुई कर्मचारीका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । राखेपमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको एक महिनाको तलबबाट १.५ प्रतिशत रकम कट्टा गरी सहयोग प्रदान गरिएको हो ।

भारोत्तोलन प्रमुख प्रशिक्षक स्व. सुनीललाल जोशी र बक्सिङ प्रशिक्षक स्व. गोपाल राईको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो । स्व. जोशीका परिवारलाई २ लाख ७४ हजार ९ सय ६६ तथा स्व. राईका परिवारलाई २ लाख ६५ हजार ८ सय ६४ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

वरिष्ठ अधिकृतद्वय कमल खनाल र बज्र केसी, राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा तथा महासचिव फणीन्द्र पौडेलले रकम हस्तान्तरण गरका थिए । जोशीको गत असार ११ तथा राईको गत पुस ३ गते निधन भएको थियो ।