बुद्धजन्मस्थलमा उच्च सुरक्षा व्यवस्था

बुद्धजन्मस्थलमा उच्च सुरक्षा व्यवस्था


imagesरुपन्देही । भारत बिहारस्थित बोधगयामा भएका श्रृंखलाबद्ध बिष्फोटका घटनापछि नेपालमा पनि बौद्ध मन्दिरहरुमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । गौतम बुद्धले बोधित्व प्राप्त गरेको स्थानमा बिष्फोट गराइएपछि बौद्ध धर्मावलम्बि हरुको आस्थाका केन्दमा सुरक्षा निगरानी बढाइएको हो ।
बुद्ध जन्मस्थल लुम्बिनी, कपिलबस्तु र नवलपरासीलाई उच्च सुरक्षा निगरानीमा राखिएको उल्लेख गर्दै अञ्चल प्रहरी कार्यालयका प्रमुख मिङमार लामाले ति स्थानमा बिशेष सुरक्षाका लागी अलग्गै प्रहरी टोली पठाइएको उनले जनाए । ‘बोधगया र लुम्बिनी त्यती धेरै टाढा छैन, छिमेकको हावा यता पनि आउन सक्छ भनेर बौद्ध धर्मावलम्बिको आस्थाका केन्द्रमा बिशेष सुरक्षा सर्तकता बढाएका हौं, एसएसपी लामाले भने ।
लुम्बिनीको बिशेष सुरक्षाका लागी प्रहरी निरिक्षकको नेतृत्वमा ३० जना सुरक्षाकर्मीको अलग्गै टोली खटाइएको छ । कपिलबस्तुको तिलौराकोट क्षेत्रमा मौजुदा प्रहरी संख्यालाई दोब्बर पारिएको छ । यसअघि त्यहां ६ जना सुरक्षाकर्मी तैनाथ थिए । नवलपरासीमा बुद्धसंग सम्बन्धित स्थलको सुरक्षाका लागी प्रहरी पठाइएको छ लुम्बिनीमा भ्रमण्ँमा आउने सबै पर्यटकलाई निगरानीमा राखिएको लामाले बताए । तिनवटै जिल्लाका सिमा क्षेत्रमा निगरानी कडा बनाएको छ । भारतबाट शंकास्पद व्यक्तिको प्रवेश रोक्न भारतिय अधिकारीसंग समन्वय गरिएको लामाले बताए । सुरक्षा चुनौतीलाई ध्यान दिंदै लुम्बिनी बिकास कोषले पनि आन्तरिक सुरक्षा प्रणालीलाई मजबुत पारेको छ । लुम्बिनी वरिपरीका क्षेत्रमा सुरक्षा गस्ती र निगरानि बढाइएको छ ।