सयौँ लिवियाली आप्रवासी माल्टा र इटालीबीच सामूद्रिक इलाकामा अलपत्र

सयौँ लिवियाली आप्रवासी माल्टा र इटालीबीच सामूद्रिक इलाकामा अलपत्र


माल्टा र इटालीबीच कसले जिम्मेवारी लिने र समुद्रमा फसेका आप्रवासी शरणार्थीलाई कसले सहयोग गर्ने भन्ने निश्चित नहुँदा लिवियाबाट यूरोप हिँडेका कम्तीमा ४ सय ५० जना आप्रवासी शरणार्थी समूद्रमा अलपत्र परेका छन् ।

गत शुक्रबार इटालीका दक्षिणपन्थी समूहका तर्फबाट गृहमन्त्री बनेका माटेओ साल्भिनीले आप्रबासी चढेको डुङ्गालाई आफ्नो इलाकामा प्रवेश गर्न नदिएपछि यूरोपेली संघको सीमा क्षेत्रमा काम गर्ने निकाय (फ्रन्टेक्स)ले दुईवटा डुङ्गा उपलब्ध गराएको र डुङ्गा डुब्ने खतरालाई टारेको थियो ।

एउटै डुङ्गामा ठूलो सङ्ख्यामा रहेका शरणार्थीको सुरक्षालाई मध्यनजर गरी यात्रुहरूलाई दुई डुङ्गामा बाँडिएको एएफपीले जनाएको छ । फ्रन्टेक्सले डुङ्गालाई दक्षिणतर्फ लिविया अथवा माल्टामा जान निर्देशन दिएको बताइएको छ ।

सर्वप्रथम समस्यामा परेका यात्रुलाई न्याय दिनु, सम्मान गर्नु र मानव तस्करविरुद्ध साहस दिनु आवश्यक रहेको, त्यसपछि मात्र यूरोपेली कानूनअनुसार अघि बढ्नु उचित हुने उनले बताएका छन् ।