भाञ्जी नायिका

भाञ्जी नायिका


funtimeहुन त रिस्ता बस्नेत अहिले त्यति चर्चामा छैनन् तर यही गति र फराकिलो रूपमा उनी अगाडि बढिन् भने उनले चर्चा, सफलता र नामले गतिलो रूप लिने आँकलन गरिएको छ ।
पुराना कलाकर्मी दीपक क्षेत्री र बिपना बस्नेतकी छोरी रिस्तालाई पनि कलाको नसाले पछ्याईकन छाड्यो । रहर पूरा मात्र गरिनन् उनले क्षमता भएकै कारण चलचित्र होस्टेलमा राम्रै काम गरेपछि अन्य निर्माता–निर्देशकहरूको नजरमा पर्न पुगिन् उनी । फलस्वरूप चलचित्र पत्रकार लक्ष्मण सुवेदी र निर्देशक शोभित बस्नेतको नयाँ चलचित्र ‘एउटा साथी’मा मुख्य भूमिकामा अनुबन्धित भइन् उनी । लामो समय चलचित्र पत्रकारिता गर्दै आएका लक्ष्मण सुवेदीलाई शोभित बस्नेतले आफू निर्माता भएर चलचित्र ‘एउटा साथी’को निर्देशनको जिम्मा दिएका छन् भने यसै चलचित्रमा शोभितका छोरा कलाकार सलोन बस्नेत र रिस्ता बस्नेतको जोडीलाई देख्न पाइने भएको छ ।
प्रतिभाशाली बाबुआमाका छोराछोरी पनि प्रतिभाशाली नै हुन्छन् भन्ने मान्यता आफ्नो रहेको कुरा नवनिर्देशक लक्ष्मण सुवेदीले बताए । ‘हाम्रो कथा नयाँ पुस्ताको पे्रमको कथा हो र यो कथामा रिस्ता म्याच पनि भइन्,’ उनले भने । निर्माता शोभित बस्नेत रिस्ताले चलचित्र ‘एउटा साथी’मार्फत रामै्र प्रशंसा कमाउने दाबी गर्छन् ।
सिनेमा क्षेत्रमा प्रायः दिदीको रूपमा सम्बोधन पाउने कलाकार तथा चलचित्रकी हेयर डे«सर विपना बस्नेतकी छोरी नायिका रिस्ता बस्नेतको परिचय पनि यतिबेला आएर फेरिएको छ । सिनेमा उद्योगकै दिदीको रूपमा चिनिने विपनाकी छोरी रिस्तालाई आजभोलि चलचित्र बजारमा ‘भाञ्जी नायिका’को रूपले बोलाउने गरिन्छ । कस्तो लाग्छ त रिस्तालाई भाञ्जी नायिका भन्दा– ‘म त खुसी छु । मलाई त यो नाम मायाले दिनुभएको हो । किन आपत्ति छ र ? भान्जी नायिका भन्दा ?’ उनी दङ्ग छिन् ।

एउटा खुट्टाको भरमा छमछमी
भनिन्छ नि– ‘नाच्न जान्दैन आँगन टेडो’ । आफूसँग क्षमता, दक्षता र प्रतिभा नभएपछि मानिस साधनलाई दोष दिन्छन् । शारीरिक रूपमा सशक्त हुँदा पनि समाजमा केही गरेर देखाउन नसक्ने अनि यो र ऊ भनेर अन्य कुरालाई दोष दिने लक्का जवानको निम्ति गतिलो, सशक्त र उल्लेखनीय उदाहरण हुन्– रोमा न्यौपाने ।
रोमाको आकर्षक नृत्य र कम्मर मर्काई हेर्ने हो भने कसैले पनि यिनले एउटा खुट्टाको घरमा मात्र नृत्य गरेकी हुन् भनेर भन्नै सक्दैन । तर, वास्तविकता भने यही हो । लक्का जवानका लागि उदाहरण र पे्ररणाको स्रोत बन्न सफल रोमा एक कक्षामा विद्यालय जाने क्रममा जीप दुर्घटनामा परेकी थिइन् । कोसी अञ्चल अस्पतालको जीपले ठक्कर दिएपछि उनको दाहिने खुट्टा नचल्ने मात्र भएन कि काटियो पनि । त्यो कुरा उनी जीवनभर भुल्न सक्दिनन् । ‘उपचार त ग-यो अस्पतालले तर खुट्टा नै गुमाउनुप-यो,’ उनी भावुक हुन्छिन् । आफू आठ वर्षको हुँदा यो घटना घटेको कुरा बताउने रोमा अहिले २३ वर्षको भइन् । यसबीचमा वैशाखीको भरमा हिँडे तापनि सांस्कृतिक कार्यक्रमहरूमा उनको सहभागिता र देश–विदेशमा रोमाको चर्चा आफैँमा स्वागतयोग्य छ । दया र माया गरेरभन्दा पनि उनको माग भने क्षमताकै आधारमा हुने गरेको छ । गत साता मात्रै उनले केही म्युजिक भिडियोमा अभिनय गरिन् भने उनी चाँडै सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न कतार पनि जाँदै छिन् ।
विभिन्न कर्याक्रममा एक खुट्टाले नाचेर वाहवाही कमाएको र तारिफ हात पारेको सन्दर्भमा कुरा गर्दा आफ्नो क्षमताबाट प्रभावित भएर ०६२ सालमा इजरायली राजदूत डनविन लियाले आफूलाई इजरायल पु-याएर नक्कली खुट्टा लगाइदिएको कुरा उनले बताइन् । ‘मलाई कला र क्षमताले त्यहाँसम्म पनि पु-यायो । राजदूतले ममाथि गर्नुभएको सहयोगको त म वयान नै गर्न सक्दिनँ,’ उनले भनिन् ।
रोमा अहिले काठमाडौंको सीतापाइलामा बस्छिन् भने उनले ठमेलचोकमा कोसी नामक क्याफे पनि सञ्चालनमा ल्याएकी छिन् । ‘योचाहिँ दिन बिताउने बाटो हो । कार्यक्रमतिर व्यस्त नहुँदा म यतै भेटिने गर्छु,’ उनको दैनिकी छ ।
इच्छाशक्ति र केही गर्छु भन्ने आँट अनि उद्देश्य भयो भने सफलता हात लाग्ने कुराउनले बताइन् ।
एकातिर उनको क्षमता र प्रतिभाको तारिफ गर्नेहरूको जमात ठूलै छ भने अर्कोतर्फ कार्यक्रम आयोजकहरू पारिश्रमिक नै नदिईकन भाग्ने गरेको प्रशस्त अनुभव पनि रोमाले सङ्गालेकी छिन् । ‘त्यस्ता फटाहा र जालीहरूको जीवन कहिले पनि सुखद हुँदैन,’ उनी दिक्क मान्दै भन्छिन् । रोमाले आफूलाई स्टेजमा मात्र उतारेकी छैनन् । ठूलो पर्दाको चलचित्र मैदानदेखि टेलिचलचित्र मदनबहादुर हरिबहादुरका एपिसोडहरूमा पनि अभिनय गरेकी छिन् । अभिनय र नृत्य विधालाई अगाडि बढाएर आफ्नो नाम उच्च बनाउने सपना बोकेकी रोमा अब टेलिभिजन विज्ञापनमा खेल्न पाए हुन्थ्यो भन्छिन् ।
आँट, साहस, धैर्य र क्षमताकी खानी रोमा साङ्गहरूका लागि एउटा गतिलो उदाहरण र उपस्थिति हुन् । सबै भएर पनि केही गर्न नसक्नेहरूले उनीबाट सिक्नुपर्छ ।

वसन्तले ल्याए ‘लभ फरेभर’
उद्योगपति एवम् कवि तथा गीतकार वसन्त चौधरीको पाँचौँ गीति एल्बम ‘लभ फरेभर’ सार्वजनिक भएको छ । वसन्त चौधरीको लेखनको प्रेरणास्रोत रहेकी छोरी मेघा चौधरी र ज्वाइँ पारस शाक्यले संयुक्त रूपमा उक्त एल्बमको विमोचन गरे । ‘कल कान्तिपुर’ कार्यक्रममार्फत उक्त एल्बमको विमोचन भएको हो ।
‘गजललेखनका केही निश्चित नियम छन् । ती नियमलाई सही रूपमा प्रयोग गरिए मात्र गजल लेख्न सकिन्छ । त्यसपछि मात्र गजल वास्तविक रूपमा गजल बन्नसक्छ । गजललेखनका लागि त्यसको व्याकरणले विशेष महत् व राख्ने भएकाले पनि मैले तत्काल गजलमा कलम नचलाएको हँु । नियम बुझेर मात्र गजल लेखिनुपर्ने भएकाले मैले गजललेखनलाई ढिलाइ गरेको हुँ । तर, म कुनै दिन गजलमा पनि कलम चलाउनेछु,’ वसन्तले आफ्नो पाँचाँै गीति एल्बम विमोचनका बखत दर्शकदीर्घाबाट सोधिएको सवालको जवाफ दिँदै आफूलाई गजलप्रति मोह रहेको यसरी दर्शाए ।
वसन्त चौधरीका प्रेमिल भावहरू समाहित चार गीति एल्बम ‘वन्ली लभ’, ‘माया बल्झेछ’, ‘रिफ्लेक्सन अफ लभ’ र तिम्रो नाममा’ यसअघि नै बजारमा आइसकेका छन् । कार्यक्रममा गीतकार वसन्त चौधरीले मानवजीवनमा प्रेमको महत् व रहेको र त्यसैले नै परिवार, समाज र देशलाई एकसूत्रमा बाँध्ने भएकाले नै आफ्ना गीत तथा कवितामा प्रेमिल भाव रहेको बताए ।
कवितासङ्ग्रह मेघाका स्रष्टा कवि चौधरीले विश्व काव्ययात्राको पनि सुरुवात गरेका छन् । उनले विभिन्न देशहरूमा गएर नेपाली कविताका माध्यमबाट नेपाली भाषाको प्रवद्र्धन गर्दै आएका छन् । उनले विश्व काव्ययात्राले नेपाल बाहिर रहेका नयाँ पिँढीका नेपालीमाझ नेपाली भाषालाई परिचित गराउनु पनि आफ्नो उद्देश्य रहेको बताए ।
सार्वजनिक गरिएको ‘लभ फरेभर’लाई उनले यसअघि दुबईमा सार्वजनिक गरेका थिए । विभिन्न क्षेत्रका पाँच दर्जनभन्दा बढी दर्शकका बीचमा लोकार्पित उक्त गीति एल्बममा रहेका सबै गीतमा चर्चित सङ्गीतकार न्ह्यु बज्राचार्यले सङ्गीत दिएका छन् । उक्त एल्बममा नौवटा गीत रहेका छन् । एल्बममा ‘तिमीबाहेक’, ‘तिमी नजिक’, ‘तिमीले’, ‘यो मन मेरो’, ‘सबै कुरा’, ‘मैले हात समाउँदा’, ‘बोलीभन्दा तिम्रो’, ‘कति घुम्ती’ र ‘तिमी आयौ’जस्ता प्रेममय गीतहरू समावेश रहेका छन् ।

आशा र विश्वास जगाउन ‘युद्धका डोबहरू’
उपन्यासकार पुन्यप्रसाद प्रसार्इंको नयाँ उपन्यास ‘युद्धका डोबहरू’ पाठकमाझ आएको छ । राजधानीमा एक समारोहबीच अग्रज साहित्यकार तथा संस्कृतिविद् सत्यमोहन जोशी, श्यामदास वैष्णवले कृतिको विमोचन गरे । विमोचित कृतिमाथि प्रतीक ढकाल र ओमप्रकाश खरेलले प्रकाश पारेका थिए ।
अग्रज साहित्यकार सत्यमोहन जोशीले प्रसार्इंको उपन्यास सबैका लागि प्रेरणादायी रहेको बताए । उपन्यासभित्रको पात्रले आफ्नो उपन्यासबाट विश्वप्रसिद्ध नोबेल पुरस्कार जितेका छन् । यस्तै अब प्रसार्इंले पनि उपन्यास लेखेर नोबेल पुरस्कार जित्नुपर्ने सुझाब जोशीले दिए । चीनका साहित्यकार मोयाङले गत वर्ष साहित्य विधाको नोबेल पुरस्कार जितेको स्मरण गर्दै त्यो पुरस्कार अब नेपालीले जित्नुपर्नेमा उनले जोड दिए । र भने– एकजना नेपालीले नोबेल पुरस्कार पाएको सुनेर मात्र मर्न पाए हुन्थ्यो । प्रसाईंको उपन्यास समाजका लागि उपयोगी साबित हुने जोशीले बताए ।
‘जीबन बदल्न सक्ने प्रेरणा छ’ भनिएको युद्धका डोबहरू समाजका लागि प्रेरणादायी उपन्यास रहेको अग्रज साहित्यकार श्यामदास वैष्णवले बताए । नेपाली समाजलाई अहिले राम्रो काम गर्न प्रेरणाको खाँचो भएकाले प्रसार्इंको उपन्यासले समाजलाई सकारात्मक मार्गमा प्रेरित गर्ने पनि वैष्णबले बताए । यो उपन्यासले मानिसलाई राम्रो काम गर्न एउटा अठोट गराउने विश्वास उनले सो कार्यक्रममा व्यक्त गरे । वैष्णवको भनाइमा राम्रो सोच्नेले जहिले पनि सफलता हासिल गर्छ । राम्रो सोचाइकै कारण पाँच पाण्डवले महाभारतको युद्ध जितेको स्मरण गराउँदै वैष्णवले यो उपन्यासले पनि त्यस्तै सफलता पाउने विश्वास व्यक्त गरे ।
अर्का साहित्यकार प्रतीक ढकालले यो उपन्यास सबै वर्गका लागि पठनीय भएको बताए । जो मानिस उज्यालो र सुनौलो भविष्यको निर्माण गर्न चाहन्छन्, तिनीहरूका लागि यो पुस्तक गुरु सावित हुनेछ । मन टुट्ने धेरै तरिका हुन्छन् । कथाहरू प्रेमले टुक्रिएको हृदय भरिएका हुन्छन् तर साँच्चै जुन कुराले मन तोड्छ त्यो हो सपना खोसिनु । चाहे त्यो सपना जेको होस् । युद्धका डोबहरूले सपना साकार पार्ने कला सिकाउँछ । यदि हामी लक्ष्य बनाउँछौँ भने ब्रह्माण्डको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैन । धर्तीका कति मानिसले गरिबीबाट नै सुरुवात गरेका थिए । कति शारीरिक रूपमा असक्त थिए त कतिसँग औपचारिक शिक्षाको कमी थियो । यस्ता कुरामा अल्झिनु नै बेकार छ भन्ने पाठ यो उपन्यासबाट पाठकले सिक्ने पनि उनले बताए ।
‘युद्धका डोबहरू’ जित्न सिकाउने उपन्यास हो । यदि कसैलाई लाग्छ मैले हारिसकँे, म असफल भइसकेँ, अब सबै कुरा सकियो, हो यी र यी जस्ता निराशा र दुःखको क्षणमा यदि उसले उपन्यास ‘युद्धका डोबहरू’ पढ्छ भने ऊ फेरि जाग्नेछ, उसले थाहा पाउनेछ सबै कुरा टुङ्गिएको छैन । अझ केही गर्न सकिन्छ । ‘युद्धका डोबहरू’ले आशाको बीउ रोप्छ । यो उपन्यासले मानिसलाई केही महान् गर्न प्रेरित गर्छ । अर्थात् सबै कुरा सकियो भनेर ठानेको बेला फेरि केही गर्न प्रेरित गर्छ । हिम्मत र विश्वास दिन्छ । असफलतादेखि डराएर भाग्न चाहनेहरूलाई यस उपन्यासले पुनः तानेर काममा फर्काउनेछ र विजेता बन्न प्रेरित गर्नेछ । आफ्नो उपन्यासले पाठकलाई अध्ययनका क्रममा मनोरञ्जन दिनुका साथै योजना बनाउन, सपना देख्न र त्यो सपना साकार तुल्याउन प्रेरणा दिने पनि प्रसाईंले कार्यक्रममा प्रकाश पारे । प्रसाईंको पुस्तकबारे अर्का लेखक ओमप्रकाश खरेलले समीक्षा गरेका थिए । सो कृति आपूmलाई समेत प्रेरणादायी बनेको खरेलले कार्यक्रममा बताए ।