महाधिवेशनको मुद्दा निकै समयदेखि आलोचनाको विषय बन्दै आएपछि नेपाल विद्यार्थी संघले केही महिनाभित्रै आफ्नो महाधिवेशन गर्ने भएको छ । संघका अध्यक्ष नैनसिंह महरले आगामी कात्तिक २३ गतेभित्रै नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न गर्ने जानकारी दिएका छन् । महाधिवेशन सम्पन्न गराउने उद्देश्यले संघको निर्देशन समितिको बैठक चलिरहेको र त्यस समितिले छिट्टै मिति घोषणा गर्ने उनले बताए ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष महरले नेपाल विद्यार्थी संघ विधिभित्रै रहेर सञ्चालन भइरहेको दाबी पनि गरे । ज्ञातव्य छ, संघका केही पदाधिकारीहरुले केलाकेला अध्यक्षले विधि मिचेको आरोप लगाउँदै आएका छन् ।
तर स्पष्टवक्ताको छवि बनाएका अध्यक्ष महर भने आफूले नेविसंघभित्र कुनै गलत निर्णय नगरेको दाबी गर्छन् । उनले असन्तुष्ट पक्षसँग पनि छिटै मिलाप हुने र एकताबद्ध भएर संघ अघि बढ्ने बताए ।
सोही अवसरमा नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान अध्यक्षले मनोमानी गरेको र नेविसंघ विधिसम्मत नचलेको जिकीर गरे । उनले २२ सदस्यीय पदाधिकारीलाई विधानविपरीत अध्यक्ष महरले तीन जना थपेर २५ पु¥याएको आरोप लगाए। नेविसंघका २२ जिल्लामा विवाद रहेको काफ्लेको दाबी छ ।
प्रतिक्रिया