हराएको बालक खोजीका लागि परिवारको अपिल

हराएको बालक खोजीका लागि परिवारको अपिल


पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका– ७ जगरनाथपुरबाट एक बालक हराएका छन् । स्थानीय भोला चौधरीका छोरा १४ वर्षीय हेमनरायण चौधरी भन्ने भुल्लन चौधरी साउन ३ गतेबाट हराएका हुन् ।

साउन ३ दिन दिउँसो करिब २ बजे घरबाट साइकल चढी घुम्न निस्किएका चौधरी हालसम्म सम्पर्कमा नआएको उनका बुबा भोला चौधरीले बताए । छोराको खोजीका लागि स्थानीय प्रहरी प्रशासन सबैमा निवेदन दिए पनि हालसम्म कुनै खबर प्राप्त नभएको र छोराको बेखबरपछि आफूहरू निराश भएको उनले बताए ।

गहुँगोरो वर्णका थोप्लो बिन्दु भएको नीलो सर्ट, नीलो पाइन्ट लगाएका चौधरीको खोजी गर्न परिवारजनले स्थानीय प्रहरी प्रशासन, मानवअधिकारी, पत्रकार सबैलाई अपिल गरेका छन् ।