निर्वाचन पर्यवेक्षणका लागि नेता नेपाल कम्बोडिया प्रस्थान

निर्वाचन पर्यवेक्षणका लागि नेता नेपाल कम्बोडिया प्रस्थान


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडिया प्रस्थान गरेका छन् ।

कम्बोडियामा यही साउन १५ गते हुन गइरहेको संसदीय निर्वाचनको पर्यवेक्षण गर्न उनी आज कम्बोडिया गएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

नेपालसँगै नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल र नेपाली कांग्रेसका नेतृ तथा सांसद सुजाता कोइरालासमेत कम्बोडिया गएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल ‘सेन्ट्रिस्ट एसिया प्यासिफिक डेमोक्राट्स इन्टरनेसनल’को उपाध्यक्षसमेत हुन् ।

नेपाल त्यहाँ रहँदा विश्वबाट आएका अन्य देशका नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेकपाका नेता रिजालले जानकारी दिए । नेता नेपाल साउन १८ गते स्वदेश कार्यक्रम रहेको छ ।