उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा नेपाल विद्यार्थी संघले बालुवाटारमा धर्ना दिएको छ । नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले आज बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो ।
नेवि संघका नेता दीपक भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि घटाउन सरकारसँग आग्रह गरे । मूल्यवृद्धिले जनता मारमा परेका छन्, सरकारले जनताको मागलाई सम्बोधन गर्न मूल्य घटाउनुपर्छ भन्ने उनको माग छ ।
नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष सिजन दाहालले महँगी र मूल्यवृद्धिका कारण विद्यार्थी मारमा परेको भन्दै विरोध कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
प्रतिक्रिया