पाँच वर्षको धम्की दिने सरकार पाँच महिनामै झुक्यो : डा.महत

पाँच वर्षको धम्की दिने सरकार पाँच महिनामै झुक्यो : डा.महत


बीपी स्मृति दिवसका अवसरमा नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ ३ नम्बर प्रदेश समितिले राजधानीमा आयोजना गरेको गोष्ठीमा बोल्दै उनले दुई तिहाई बहुमत या पाँचवर्षे कार्यकाल जे भनेता पनि उसको स्वेच्छाचारितालाई जनताले घुँडा टेकाइदिने दाबी गरे ।

नेपाली काङ्ग्रेसले ल्याएको चिकित्सा शिक्षा विधेयकमाथि आफूअनुकुल परिवर्तन गर्न खोजेपछि र डा. गोविन्द केसीको अनशनमा काङ्ग्रेसले समर्थन गरेर सडक र सदनबाट दबाब सिर्जना गरेपछि सरकारका सामु केही नचलेकाउनको भनाई थियो । वर्तमान सरकारका लागि यो ठूलो पाठ हो र आगामी दिनमा पनि आफ्नो बहुमत छ भन्दैमा जनविरोधी र संविधान विपरीतका जस्तोसुकै निर्णय पनि फिर्ता लिनुपर्छ त्यसैले अधिनायकवादी शैलीमा आगामी दिनमा अघि नबढ्दा राम्रो हुन्छ भन्ने तर्क उनले गरे ।

चुनावको बेलामा वृद्धवृद्धालाई भत्ता, शिक्षा र स्वास्थ्यका क्षेत्रमा नागरिकको पक्षमा नीति निर्माण र कम्युनिष्ट सरकार बनेपछि वर्ष दिनभित्रैमा रेल कुद्छ भन्नेजस्तो अनर्गल प्रचार गरेर भोट तान्ने मात्र काम गरेको र त्यो कुरा अहिले आएर जनताले छर्लंगै बुझेको डा. महतले बताए ।

सहमहामन्त्री डा. महतले वर्तमान सरकालाई असहयोग गर्ने या आजै या भोलि नै आन्दोलन गरेर सरकार ढाल्नेजस्ता काम काङ्ग्रेसले नगर्ने स्पष्ट गर्दै तर पनि संविधानविपरीत जाने र अहिलेजस्तो प्रशासन र सुरक्षा निकायलाई आफ्नो छायाभित्र मात्र राख्न खोज्ने प्रवृत्तिका विरुद्ध भने काङ्ग्रेस डटेर लड्ने जानकारी दिँदै डा. महतले विपी कोइरालाले जनतालाई कम्युनिष्टहरुले जस्तो आश्वासन नभएर समृद्धि बाँड्नका लागि विसं २०१२मै समाजवादको नारा तय गर्नुभएको धारणा पनि राखेका थिए ।