कांग्रेसनिकट कानुन व्यवसायीको १० औं महाअधिवेशन शुरु

कांग्रेसनिकट कानुन व्यवसायीको १० औं महाअधिवेशन शुरु


कांग्रेसनिकट कानुन व्यवसायीहरुको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि नवलपुरको गैंडाकोटमा शुरु हुँदैछ । महाधिवेशन अहिले विहान १० बजेदेखि शुुरु हुँदैछ ।

महाधिशेनको उदघाटन कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ । महाधिवेशनमा सहभागी हुन कांग्रेसका महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, डिएलएका पूर्वसभापतिहरु, नेपालबारका पूर्वअध्यक्षहरु, कांग्रेसका संघीय तथा प्रदेशका सांसद्, स्थानीय तहका प्रमुख, उपप्रमुख चितवन आइपुगेका छन् ।

अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेल, रामकुमार श्रेष्ठ, केदार कार्की, प्रह्लादबहादुर कार्कीले इच्छा प्रकट गरेका छन् । संस्थापन पक्ष कमजोर रहेकाले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता सिटौंला प्यानलका बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । महाधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।