पार्टी सुधारका लागि हात काम्ने नेताको बिदाइ आवश्यक : भण्डारी

पार्टी सुधारका लागि हात काम्ने नेताको बिदाइ आवश्यक : भण्डारी


नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले निर्वाचनका समयमा गरेका वाचा वाम गठबन्धनले पूरा गर्न नसकेको आरोप लगाएका छन् ।

कांग्रेस चितवनले आज मंगलबार आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित कोणसभामा भण्डारीले मूल्यवृद्धि भएको, कर बढेको र कांग्रेस नेतृत्वको सरकारले गरेका निर्णय खारेज गरेकोमा आपत्ति जनाउँदै विकास र समृद्धिका लागि कांग्रेस बाधक नहुने बताए ।

केन्द्रीय सदस्य भण्डारीले अब विकास निर्माणको समय भएको उल्लेख गर्दै पार्टी सुधारका लागि हात काम्ने दाजुभाइलाई बिदाइ गरेर युवा पुस्ताले नेतृत्व लिनुपर्छ बतए ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले स्थानीय तहमा कर बढेको, मजदुर आन्दोलनमा गोली चलेको र क्यान्सर अस्पतालको भोगचलनमा रहेको जग्गामा सिटी हल निर्माण गर्न लागिएकोमा आपत्ति जनाए ।