संसदीय विशेष सुनुवाई समितिको बैठक सुरु

संसदीय विशेष सुनुवाई समितिको बैठक सुरु


संसदीय विशेष सुनुवाई समितिको बैठक सुरु भएको छ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको विषयमा अन्तिम निर्णय दिन बैठक सुरु भएको हो ।

यसअघि, प्रधानन्यायधीशमा सिफारिस भएका दीपकराज जोशीको सुनुवाई अन्योलमा परिरहेका बेला नेकपा तथा कांग्रेसका सांसदहरु छलफलमा जुटेका थिए ।

बैठकअघि नेकपाका नेता सुवास नेम्वाङ र भानुभक्त ढकालले समितिमा रहेका आफ्ना सांसदहरुसँग छलफल समेत गरेका थिए ।

त्यस्तै नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसी र महासचिव खम्म बहादुर खातीले कांग्रेस सांसदसँग छलफल गरेका थिए ।

कांग्रेस जोशीको पक्षमा उभिएमा मतदानमार्फत जोशीको नामको विषयमा निर्णय हुनेछ ।