– रमेश विक
नेपाली कांग्रेस गुल्मीले सरकारले पछिल्लो समयमा गरेको चर्को मुल्य वृद्धि तथा कम्युनिष्ट सर्वसत्तावादविरुद्ध बृह्त विरोध प्रर्दशन गरेको छ । सरकारले आफ्नो पछिल्ला गतिविधि अधिनायकवादतर्फ उन्मुख गराएको भन्दै काङ्ग्रेसले हजारौँको संख्यामा वृहत ऱ्याली प्रर्दशन गरेको थियो ।
ऱ्यालीपछिको कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले सरकारले जनपेक्षामाथि कुठराघात गरेको बताए । नेपाल विद्यार्थी संघका पुर्वअध्यक्ष समेत रहेका घिमिरले सरकारले जनताको विश्वासलाई तोड्न थालेको भन्दै सरकारले चालेको कदमले जनताको दैनिकी कष्टकर बन्दै गएको औंल्याए । संसारका कम्युनिष्ट पार्टीले सुशासन दिन नसक्ने दाबी गर्दै उनले केपी सरकारले दुई तिहाई बहुमतको अहंकार चर्कैसँग प्रदर्शन गर्न थालेको बताए ।
कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका गुल्मी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले पनि सरकार अधिनायकवादतर्फ उन्मुख हुँदै गएको र हरेक क्षेत्रमा चर्को मुल्य वृद्धि गरेको आरोप लगाए ।
जिल्लास्थित बालमन्दिरमा भएको कोणसभामा जिल्ला सचिव विष्णुकुमारी सापकोटा, पूर्व जिल्लासभापति सुरेशचन्द्र भुसाल, खिलध्वज पन्थी, जिल्ला कार्य समितिका सदस्य, महासमिति सदस्य, विभिन्न भातृसङगठनका पदाधिकारीलगायतको बाक्लो सहभागिता थियो ।

प्रतिक्रिया