जोशीको निर्णय मतदानबाट गर्ने तयारी

जोशीको निर्णय मतदानबाट गर्ने तयारी


प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय गर्न बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।

जोशीबारे निर्णय गर्न बिहान साढे १० बजे समितिको बैठक बोलाइए पनि सर्वसम्मत हुन नसकेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

अब प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे संसदीय सुनुवाइ विशेष समितिमा मतदान हुने भएको छ । मतदानपछि बहुमत अल्पमतका आधारमा निर्णय लिइनेछ । १५ सदस्यीय सुनुवाइ विशेष समितिमा नेकपाका ९, कांग्रेसका चार, फोरम र राजपाका १–१ सदस्य छन् ।

दुईतिहाइ मतले अस्वीकार गरे जोशीको प्रधान्यायाधीश बन्ने बाटो रोकिनेछ । सत्तारुढ दल उनलाई प्रधान्यायाधीश नबनाउने पक्षमा छन् ।