अन्ततः प्रधानन्यायाधीश पदमा दीपकराज जोशी अस्वीकृत

अन्ततः प्रधानन्यायाधीश पदमा दीपकराज जोशी अस्वीकृत


लामो बहस, छलफल र विवादबीच अन्ततः प्रधानन्यायाधीश पदमा दीपकराज जोशीलाई अस्वीकृत गरिएको छ । आज संसदीय सुनुवाइ विशेष समितिले उनलाई अस्वीकृत गरेको हो ।

जोशीलाई प्रधानन्यायाधीशमा चयन गर्ने कि नगर्ने भन्ने विषयमा भएको मतदानमा प्रमुख विपक्षी दल कांग्रेसले बहिष्कार गरेपछि दुईतिहाइ बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको हो । कांग्रेसले मतदान बहिष्कार गरेपछि जोशीको पक्षमा कुनै मत खसेन ।

समितिमा रहेका कांग्रेस सांसदले भने मतदान बहिष्कार गर्नुको कारण लिखित रूपमै राखेका छन् । उनीहरूले भनेका छन्, ‘संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका आभावमा नियुक्ति अस्वीकार गर्ने रायसँग हाम्रो गम्भीर असहमति रहेकाले बैठक बहिस्कार गरेका छौँ ।’

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन नहुने जोशी पहिलो प्रस्तावित प्रधानन्यायाधीश हुन् । यस घटनाले न्यायाधीश नियुक्तिको विषयलाई विवादित मात्र नतुल्याई न्यायक्षेत्रमा अन्योलको वातावरण सिर्जना गराएइको विषयको रूपमा बुझिएको छ ।

यस्तो रहेछ कांग्रेसले बैठक बहिष्कार गर्नुको कारण