कानुनमन्त्रालयको जिम्मेवारी भानुभक्तलाई

कानुनमन्त्रालयको जिम्मेवारी भानुभक्तलाई


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भानुभक्त ढकाललाई कानुनमन्त्री नियुक्त गरेका छन् । बंगलादेशमा मेडिकल अध्ययन गर्ने नेपाली छात्राहरुमाथि दुर्व्यवहार हुने गरेको अभिव्यक्ति दिएर विवादमा परेपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजनीनामा दिएपछि सो स्थान रिक्त थियो ।

तामाङले राजीनामा दिएलगत्तै भावी कानुनमन्त्रीका रुपमा ढकालको सम्भावना रहेको चर्चा शुरु भएको थियो ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य राज्यमन्त्री पद्मा ढकाललाई पनि क्याबिनेट स्तरको मन्त्रीमा बढुवा गर्ने तयारी गरेका बुझिएको छ । उनलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिन लागिएको बालुवाटारनिकट सुत्रले जनाएको छ ।