पार्टी महामन्त्रीको अभिव्यक्ति विवादमा परेपछि…

पार्टी महामन्त्रीको अभिव्यक्ति विवादमा परेपछि…


राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री सुनिलबहादुर थापाको एक अभिव्यक्ति विवादमा परेको छ । यही साउन १७ गते हिमालयन टेलिभिजनमा दिएको एक अन्तर्वार्तामा अभिव्यक्त उनको धारणा पार्टीभित्रै विवादमा परेको हो ।

उक्त अन्तरवार्तामा व्यक्त विचार पार्टीको आधिकारिक धारणा नभएको भन्दै राप्रपा (प्रजातान्त्रिक)ले प्रेस विज्ञप्ति नै जारी गरेको छ ।

सो विज्ञप्तिमा ‘राप्रपा (प्रजातान्त्रिक)को केन्द्रीय कार्य समितिको बैठकबाट सर्वसम्मतिले ‘सम्बद्र्धनवादी उदारवाद’को राजनीतिक सिद्धान्तप्रति पार्टी पूर्ण प्रतिबद्ध रहेको कुरा राप्रपा (प्रजातान्त्रिक) सबैमा स्पष्ट पार्न चाहन्छ’ भनिएको छ ।

पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरू उपरोक्त घोषित उद्देश्य र लक्ष्यप्राप्तिमा आ–आफ्नो क्षेत्रमा क्रियाशील रहेको अवस्थामा आएको उक्त अन्तरवार्ताबाट अनावश्यक भ्रम पर्न जाने भएकाले भ्रम निवारणका लागि विज्ञप्ति जारी गर्नुपरेको पार्टी प्रवक्ता राजेन्द्र गुरुङले जनाएका छन् ।